मुस्ताङमा निस्कियो हावाबाट बिजुली, ओलीको बोली पुरा (तस्विरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको हावाबाट बिजुली निकाल्ने कार्य मुस्ताङमा सफल परिक्षण भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा हावाबाट निकालिएको बिजुली प्रयोग गर्न थालिएको छ । एउटा पोलमा दुई पंखा जोडि निकालिएको बिद्युतबाट अहिले पाँच बल्वहरु बालिएका छन् । परिक्षणका लागि पाँच बल्व बालेको डिएसपी हरिहर योगीले बताए ।

स्पेनको बुद्ध पावर कम्पनीको सहयोगमा बिजुली निकाल्ने योजना थालिएको थियो । परीक्षणको रुपमा बिजुली निकालिएको बिजुलीबाट कति पावर निस्कियो त्यसको जानकारी तीन हप्तापछि हुने प्राविधिकहरुले बताएका छन् । दुई पंखाबाट तीन किलोबाट बिद्युत निस्किने अनुमान उनीहरुले गरेका छन् ।

एमाले अध्यक्ष अध्यक्ष ओली प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने योजना सुनाएपछि चौतफी ब्यङगे गरिएको थियो । तर उनले भनेको योजना नेपालमा पनि सफल परिक्षण भएको छ । दिर्घकालिनरुपमा यो योजना सफल भए धेरै लगानी नगरेरै नेपालमा बिद्युत उत्पादन हुनसक्ने अनुमान गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice