हारको कारण जनता होइनन, माओवादी नै हो -प्रचण्ड

काठमाडौँ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा पार्टीले हार व्यहोर्नुको कारण जनता नभएर आफ्नै पार्टीभित्रको कमजोरी र गुटबन्दी रहेको बताएका छन् । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय र जिल्ला इन्चार्जहरुको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हारको कारण अरु कोही नभएर माओवादी केन्द्रभित्रै रहेको जिकिर गरे ।

आफ्नै पार्टीभित्रको आन्तरिक समस्याको व्यवस्थापन गर्न नसकेर चुनावमा सोचेजस्तो नतिजा ल्याउन नसकेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले माओवादी जनताको पार्टी बन्न नसकेको र जनताले आफूले खोजेजस्तो पार्टीका रुपमा माओवादीलाई देख्न छाडेको बताए। उनले भने, ‘हाम्रो पार्टी जनताले खोजेजस्तो पार्टी बन्न सकेन, यसलाई कस्तो पार्टी बनाउने हो, अब भने सबैले बेलैमा सोचौँ।’

उनले पार्टीको अस्तित्त्व मेटाउदै सिध्याउने काम पार्टीभित्रको गुटबन्दीले गरेको भन्दै सबैभन्दा पहिला यसको अन्त्य गर्नुपर्ने बताए ।माओवादी नेताहरुले काम गर्ने तर त्यसको जस लिन नजानेका कारण पनि हार भएको उनको विश्लेषण थियो। ‘यो देशमा परिवर्तनका काम त् हामीले धेरै गर्यौ तर त्यसलाई संस्थागत गर्न भने सकेनौँ ,अध्यक्ष प्रचण्डले भने, ‘त्यसको प्रत्यक्ष असर निर्वाचनमा देखियो।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice