सरकारलाई चनाखो बनाउन ध्यानाकर्षण गराउदै एमालेले आयोगलाई बुझायो ज्ञापनपत्र

 काठमाडौँ


प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा पहल गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

सोमबार संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा आयोगको कार्यालय पुगेको एमालेको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट ढिलाइ भएकाले सकारात्मक पहल गर्न ध्यानाकर्षण गराएको हो । यसलाई अझ कडाइका साथ निरन्तरता दिनुपर्ने एमालेको माग छ ।

यस्तै, एमालेले निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्न समेत आयोगलाई आग्रह गरेको छ ।

निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्न माग गर्दै एमालेले समिति गठन गर्न आवश्यक कार्य गर्न भनेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice