यू-१९ बिश्वकप एसियाली छनौटमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो

काठमाडौं


यू- १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले घरेलु टोली सिंगापुरलाई चार विकेटले हराउंदै विजयी सुरुवात गरेको छ।७४ रनको झिनो लक्ष्य पछ्याएको नेपाललाई जितका लागि भने ठूलो संघर्ष गर्नुपर्‍यो । १७ ओभर २ बल खेलेर ७७ रन बनाउँदा नेपालले ६ विकेट गुमायो । पछि आठौं नम्बरका ब्याट्सम्यान पवन सर्राफले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

ओपनर सन्दिप सुनार र आसिफ शेख क्रमसः १ र ४ रनमै आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन पुग्यो । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका लागि अनिल साहले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी र प्रकाश केसीले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्, उनीहरुले क्रमसः २ र ६ रन बनाएका थिए ।

रोहित कुमार पौडेलले अविजित ११ रन बनाए । नेपालले ७ अतिरिक्त रन पाएको थियो ।यसअघि सिंगापुर क्रिकेट क्लब, पादाङमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुवात राम्रो हुन सकेन । किशोर महतोले नेपाललाई पहिलो सफलता दिलाए, जतिबेला उसको स्कोर मात्र ४ रन थियो ।नेपाल बलरहरुका सामू सिंगापुरका ब्याट्सम्यान निकै दबावमा रहे । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए । त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए ।

तर, आठौं नम्बरमा ब्याटिङका लागि आएका ब्रिगु आयरले आक्रामक पारी खेले । उनले आठौं विकेटका लागि बीबी विक्रमसँग २४ रनको साझेदारी गरे भने दशौं विकेटका लागि अंशत भार्गवसँग १९ रनको साझेदारी गर्दै टिमको स्कोर ७३ रन बनाए ।दशौं विकेटका रुपमा आउट भएका ब्रिगुले ३९ बलमा ६ चौका र एक छक्काको मदतमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice