कारबाहीमा परेका डीएसपीलाई प्रहरी हेडक्वार्टरले गर्यो एसपी बढुवाको सिफारिस

काठमाडौँ


अपराधी उम्काउनका लागि सहयोग गरेको र पीडितको जाहेरी समेत लिन नमानेको अभियोगमा नेपाल प्रहरीको मध्यक्षेत्र कार्यालयबाट कारवाहीको लागि सिफारिस गरिएका डीएसपी सन्जिव शर्मा दासलाइ प्रहरी हेडक्वार्टरले एसपी बढुवाका लागि सिफारिस गरेको खबर प्राप्त भएको छ ।

प्रहरी प्रधान कार्यालयले बढुवाका लागि सिफारिस गरिएका ३५ जना डीएसपी मध्ये ३५ औं नम्बरमा परेका दासलाइ साढे पाँच बर्षअघि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्या र बलात्कारमा संलग्न श्याम राउतलाई भगाउने र पीडितको जाहेरीसमेत लिन नमानेको आरोप लागेपछि त्यतिबेलै हेडक्वार्टर तानिएको थियो ।

हालै मात्र रामेछापका डीएसपी कुमोद ढुंगेलको सक्रियतामा सुन्तलीको हत्या र बलात्कारका अभियुक्त राउतलाई प्रहरीले भारतको अण्डमान एण्ड निकोबार टापुबाट पक्राउ गरेर ल्याएको थियो । राउतलाई भगाउने डीएसपी सञ्जीव शर्मा दासमाथि कारवाहीको माग गर्दै सुन्तलीकी आमा डिल्लीमायाले डीआइजी गणेश केसीसमक्ष त्यसबेला आफूमाथि डीएसपी शर्माले गरेको दुर्व्यवहार सुनाएकी थिइन् ।

One thought on “कारबाहीमा परेका डीएसपीलाई प्रहरी हेडक्वार्टरले गर्यो एसपी बढुवाको सिफारिस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice