नेपाल सामु चलेन सिंगापुरको ब्याटिङ ७३ रनमा अलआउट

काठमाडौं । अण्डर –१९ विश्वकप छनोट क्रिकेटमा नेपालले राम्रो प्रर्दशन गरेको छ । सोमबार विहान सिंगापुरमा भएको खेलमा नेपालले सिंगापुरलाई ७४ रनमै अल आउट गरेको छ । ७५ रनको झिनो लक्ष्य लिएर नेपाल जवाफी ब्याटिङ गर्न थालेको छ ।

सिंगापुर क्रिकेट क्लब, पादाङमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । सिंगापुरलाई ब्याटिङमा निम्त्याएको नेपालले ४ रनमै पहिलो बिकेट लिएको थियो । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी त गरे तर खेललाई लयमा फर्काउन सकेनन् । खेल अवधिभर नेपालका बलरहरु हावी भइरहे । सिंगापुरलाई दवावमा राख्न नेपाली कप्तान सन्दिप लामिछाने ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice