कांग्रेस-माओवादी सत्ता बाँडफाँडमै ब्यस्त, तुफानी बेगमा एमाले राहतको राजनीति लिएर मधेस झर्‍यो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सत्ता बाँडफाँडकै झमेलामा छन् । तराई मधेसमा आफु बलियो भएको दावी गर्दै आएको राजपा नेपाल विवादमा फसेकोे छ । दोस्रो तहका नेताहरुले शिर्ष नेताहरुको आलोचना गर्दै आइबार भैरहवामा छुट्टै भेला गरे ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले भने तेस्रो चरणको निर्वाचन तयारीमा जुटिसकेको छ । कांग्रेस, माओवादी केन्द्र र राजपा आन्तरिक समस्यामा परिरहेका बेला एमालेले प्रदेश नम्वर २ मा प्रचार अभियान थालिसकेको छ ।

२६ असार दिँउसोे एमाले नेता कृष्णगोपाल श्रेष्ठ नेतृत्वको टोली सप्तरी पुग्यो । सप्तरीमा यतिबेला राजनीति भन्दा नागरिकलाई गास र बासको आवश्यकता छ । नियमित वर्षाले सप्तरीका ८० घर परिवार बिचल्लीमा परेका छन् । सत्तारुढ दलहरु राजधानीमा सत्ताको बाँडफाँड गरिरहेका बेला एमाले भने राजनीतिक राहत लिएर सप्तरीका गाउँमा पुगेको छ । सप्तरीको लोहजारा ९ भेडिया र सकरपुरामा मात्रै ८० घर डुवानमा परेका थिए । बाढीले लोहजाराको भेडिया टोलका ५० घरमा पानी पसेको थियो भने सकरपुराका ३० घर डुवानमा परेका थिए ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठ मात्र नभई एमाले एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल राहत लिएर सप्तरीका गाउँमा पुगिसकेका छन् ।
एमाले केन्द्रीय कार्यलयले ६७ वटा टेन्ट, ७०० त्रिपाल, २ हजार ४ सय थान रेनकोट, १५० परिवारलाई पुग्ने लत्ता– कपडा, ९ सय थान झुल र खाद्यन्न सामाग्रीसहित सप्तरी पुगेको छ ।

तराई मधेसमा एमालेको जनाधार खस्किएको आरोप कांग्रेस, माओवादी र राजपा नेताहरु राजधानीमा गफ चुटिरहेका छन् । तर एमाले नेताहरु घोषित राहत र अघोषित राजनीति लिएर तराईका बस्तीमा पुगिसकेका छन् ।

पहिलो र दोस्रो स्थानीय तह निर्वाचन जस्तै प्रचार अभियानमा कांग्रेस र माओवादी फेरी पछि परिसकेका छन् । एमाले तुफानी बेगका साथ प्रदेश नम्वर २ मा होम्मिसकेको छ । केही दिनभित्र एमालेका प्रभावशाली नेताहरु प्रदेश नम्वर २ मा जाने तयारी गरिहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice