राजपा दोस्रो तहका नेताहरुको छुट्टै भेला, पार्टी विभाजसम्मको छलफल

काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीले उपयुक्त निर्णय लिन नसकेको भन्दै राष्ट्रिय जनता पार्टीका नेताहरुले नेतृत्वप्रति चरम असन्तुष्टी जनाएका छन् । नेता हृदेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्तालगायत दोस्रो तहका नेताहरुले आइतबार भैरहवामा छुट्टै भेला समेत गरेका छन् ।

पार्टी शिर्ष नेतृत्वमा रहेका ६ जनाले निर्वाचका सन्दर्भमा उपयुक्त निर्णय लिन नसकेको निस्कर्ष उनीहरुले निकालेका छन् । नारायणी पश्चिम र कर्णाली पूर्वका नेताहरु भेलामा सहभागि थिए । उनीहरुले निर्वाचन वहिष्कार गरेर निर्वाचन रोक्न नसकेको र पार्टीलाई निर्वाचनमा लिन पनि नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । ‘पार्टीले उपयुक्त बेला उपयुक्त निर्णय लिन नसक्दा कार्यकर्तामा निराशा छाएको छ, त्यही बिषयमा हामीले छलफल गरयौ’ पूर्वमन्त्री समेत रहेका गुप्ताले भने ।

भेलामा कतिपय सहभागीले छुट्टै दल बनाउन दोस्रो तहका नेताहरुलाई आग्रह समेत गरेका थिए । ‘हामी अहिले नै पार्टी विभाजनका पक्षमा छैनौ’ गुप्ताले भने ‘शिर्ष नेतृत्वले समिक्षा गर्न आवश्यक छ ।’ भेलामा पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका त्रिपाठीले ‘राजपाका शिर्ष नेताहरु दुइ नम्बर प्रदेशमै केन्द्रीत रहेको र नारायणी पश्चिमलाई उपेक्षा गरेको’ भेलामा निस्कर्ष निकालेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice