चुडामणि शर्मा र लुम्वध्वजसहित तीन जनाबिरुद्ध १० अर्ब ९६ करोडको भ्रष्टाचार मुद्दा अदालत पुग्यो

काठमाडौं । करिव डेढ महिनादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माबिरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरिएको छ । अख्तियारले शमासति तीन जनाबिरुद्ध आजसम्मकै ठुलो भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियार स्रोतका अनुसार निलम्वित महानिर्देशक शर्मा, कर फछर्याैट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालबिरुद्ध १० अर्ब ९६ करोडको विगोसहित मुद्दा दर्ता गरेको छ । अख्तियारले दर्ता गरेको मुद्दामा १०७९ मध्ये करिब ५० वटा फाइल भएको अनिमितताका आधारमा मुद्दा दर्ता गरेको छ । अन्य फाइल भने अझै हेर्न बाँकी छ ।

मदिराजन्य र ठेकेदार कम्पनीलाई ९९ प्रतिसतसम्म राजश्व छुट दिएका शर्माबिरुद्ध तीन वटा मुद्दा चलाउने तयारी अख्यितारले गरेको छ । जसमध्ये पहिलो मुद्दा आज विशेष अदालतमा पुरयाएको छ । १९ जेठमा शर्मा पक्राउ परेका हुन् । शर्मा पक्राउ परेलगतै कर फछर्याैट आयोगका अध्यक्ष र सदस्य फरार भएका थिए । तर शर्माकी पत्नीले पक्राउ गर्नुको कारण माग्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice