टाइम्स कलेज प्रवेश गर्यो बास्केटबलको क्वाटरफाइनलमा

काठमाडौँ


टाइम्स इन्टरनेसनल कलेज प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । एन्जल्स हर्ट मावि र एन्जल्स हर्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त आयोजित प्रतियोगितामा टाइम्सले आयोजक एन्जल्स हर्टलाई ५६–३३ ले पराजित गर्दै क्वाटरफाइनल पुग्ने पहिलो टोली बन्यो । टाइम्सका आकाश मगरले १८ अंक जोडे ।

ब्वाइजको अन्य लिग खेलमा जुविलियन्ट, सीसीआरसी र जेभियर इन्टरनेसनल कलेजले जित हात पारे । जुविलियन्टले ज्ञान निकेतनलाई ६७–४८ ले हरायो । विजेताका प्रवीण राईले २५ अंक जोडे भने ज्ञान निकेतनका संकट भूमिले २६ स्कोर गरे ।त्यस्तै सीसीआरसीले ह्वाइटहाउसलाई ६३–४४ ले पाखा लगायो । सीसीआरसीको जितमा आशिष बस्नेतले १७ अंक योगदान गरे । मोर्गन विरुद्धको खेलमा जेभियर इन्टरनेसनल ५१–४२ ले विजयी भयो । जेभियरका अमृत कोइरालाले १७ स्कोर गरे ।

गर्ल्सको राउन्ड रोविन लिगमा नासाले जेभियरमाथि २४–१५ को जित निकाल्यो । नासाकी साधना घिसिङले १९ अंक जोडिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice