बुढाबुढी एक्सप्रेस चलाउँदै सरीता र रेशम

सन्तोष दहाल


एकपछि अर्को गर्दै फरक किसिमका कोसेलीहरु पस्कने क्रममा गायिका सरीता प्रजापति र लोक दोहोरी गायक रेशम सापकोटाको नयाँ मसलेदार तीज कोसेली बुढाबुढी एक्सप्रेस बजारमा आएको छ ।
तरेली संगीत कुञ्जको कोसेलीको रुपमा रहेको यो गीतमा स्वर त भिडीयोमा अभिनय पनि रेशम सापकोटा र सरीता प्रजापतिकै रहेको छ ।जिन्दगीको गाडी चलाउने क्रममा बुढाबुढी भनेका ड्राइभर र खलाँसीजस्तै हुन् र एक अर्काका परिपुरक हुन् भन्ने संदेश दिइएको यो प्रस्तुतिमा रेशम र सरीताले आफुहरुलाई ड्राइभर र खलाँसीकै रुपमा प्रस्तुत गरेका छन् ।गीतमा लय शब्द सिर्जना पनि रेशम सापकोटाकै रहेको छ ।भिडियो निर्देशन पनि रेशमले नै गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस…….

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice