सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाडौँ


सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीलाइ नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रपरिषद बैठकबाट क्षेत्री मुख्य सचिवमा नियुक्तभएका हुन् ।सरकारका मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।
सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । तर, प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र लोकसेवा आयोगको असहमतिका बीच एमाले नेतृत्वको अडमा कानुन समूहबाट प्रशासनमा आउन सफल भएका थिए ।

यदि मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा दिएर एडीबी गएको भए उनी मुख्य सचिव नहुनसक्थे किनकी वरिष्ठका आधारमा धनबहादुर तामाङ अगाडि हुन्थे । तर, सुवेदी राजीनामा नदिई काजमा गएपछि तामाङले अवकास पाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice