आफ्नी श्रीमतीलाई लक्ष्मी नै सम्झिए सन्तोषले, भन्छन,”नारी त यस्तो होस्”

सन्तोष दहाल


लोक दोहोरी गायक सन्तोष बजगाईंले यस वर्षको तीज कोसेली नारी त यस्तो होस् भन्छु बजारमा ल्याएका छन् ।वर्षा सिलवाल र सन्तोष बजगाईंको स्वर रहेको यो गीतको भिडीयो पनि छिटै सार्वजनिक हुने गायक बजगाईंले जानकारी दिए ।
तीजको अवसरमा पति पत्नीबीचको सुमधुर प्रेम सम्बन्धलाई उजागर गरिएको यो गीतको लय तथा शब्द संकलन पनि बजगाईंले नै गरेका हुन् ।म्युजिक भिडियोमा भुवन श्रेष्ठ र प्रकृतिको अभिनय रहेको छ भने निर्देशन देवराज परियारले गरेका हुन् ।यसको छायांकन लगनखेलमा गरिएको हो जसलाई रोशन कुमार दर्लामीले खिचेका हुन्।
पछिल्लो समयमा आएका तीज गीतहरुमा मौलिकता हराएको र छाडापन बढेकोप्रति सन्तोष बजगाईंले चिन्ता व्यक्त गरेका छन्। तीज गीतको नाममा विकृति बढेको भन्दै यसलाई निरुत्साहित गर्न सबैले आवश्यक उठाउनुपर्ने उनले बताए । प्रस्तुत गीतले तीजको मौलिकतालाई बोलेको र यसले सबैको मन जित्नेमा ढुक्क रहेको कुरा गायिका वर्षा सिलावालले बताएकी छिन ।
भिडियो पनि एकदम राम्रो बनेको र सबैले हेरेर र सुनेर माया गरिदिनका लागि भिडियो निर्देशक देवराजले आग्रह गरेका छन् ।यसअघि पनि बजगाईंको लोक दोहोरी गित रसुवा नुवाकोट बजारमा आएर चर्चा पाइसकेको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice