पार्टी पराजय हुनुमा अन्तर्घातदेखि अनुभवको कमीसम्म रहेको माओवादी केन्द्रको समीक्षा

काठमाडौँ


माओवादी केन्द्रले स्थानीय निर्वाचनमा सोचेजति स्थानमा विजय हासिल गर्न नसक्नुमा अति आत्मविश्वास,गुटबन्दी,व्यक्तिवाद,पार्टीभित्रकै अन्तर्घात तथा निर्वाचन सम्बन्धी अनुभवको कमी मूल कारणहरु रहेको पार्टीकै नेताहरुले बताएका छन् ।पाटीले जित्ने अति सम्भावना रहेका कतिपय स्थानमा त ओभर कन्फिडेन्सका कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरूले जिकिर गरेका छन् ।

दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्यायोजनाका विषयमा छलफल गर्न २ साउनमा बोलाइएको सचिवालयको विस्तारित बैठकको तयारीका लागि मंगलबार बसेको माओवादी हेडक्वार्टर बैठकमा रिपोटिङ गर्दै नेताहरूले त्यस्तो बताएका हुन् ।

उक्त बैठकमा १४ असारमा निर्वाचन भएका प्रदेश नं १,५ र ७ का प्रदेश इन्चार्ज तथा अन्य केही नेताहरुले आआफ्नो धारणा राखेका थिए ।पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरूप परिणाम ल्याउन नसक्नुमा आन्तरिकदेखि कतिपय प्राविधिक कमजोरी पनि रहेको बताएपछि प्रदेश इन्चार्ज तथा अन्य नेताले बोलेका थिए ।निर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्वास गरिएको रोल्पाकै तीन स्थानीय तहमा पराजित हुनु, पहिलो चरणको भन्दा राम्रो नतिजाको अपेक्षा गरेकोमा नतिजा नआएपछि माओवादी केन्द्रले  चुनावी समीक्षाको आयोजना गरेको हो।चुनाव समीक्षाकै लागि उसले २ साउनदेखि केन्द्रीय सचिवालयको विस्तारित बैठक समेत बोलाएको छ ।बैठकमा प्रस्तुत गर्ने लिखित राजनीतिक दस्ताबेज तयारीका लागि मंगलबार अध्यक्ष दाहालले पार्टी हेडक्वार्टर बैठक राखेका हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice