अपहरित अर्का ब्यवसायी रणबहादुर घर्तिको शव सल्यानमा भेटियो

काठमाडौं । दाङका ब्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका अर्का ब्यवसायी रणबहादुर घर्तिको शव सल्यानका फेला परेको छ । छत्रेश्वरी गाउँपालिकाको झिम्पेको खर्सुगैरा जंगलमा शव फेला परेको पोखरीडाँडाको प्रहरी चौकीले जनाएको छ ।

राजकुमार श्रेष्ठलाई अपहरण गरि हत्या गरेका अभियुक्तहरु पक्राउ परेपछि रणबहादुरको पनि हत्या भएको पुष्टि भएको थियो । राजकुमारलाई नै हत्या गर्ने गिरोहले रणबहादुरको हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् । पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले खोजि गरेपछि घर्तिको शव फेला परेको हो ।

श्रेष्ठको शव फेला परेको ठाउँदेखि १५० मिटरको फरकमा रणबहादुरको शब फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख श्यामबहादुर खत्रीले बताए ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice