देउवाका प्रियपात्र बिमल ढकाल संकटमा, विरासत जोगाउन मुस्किल

काठमाडौं । नेपाली कांग्रेसभित्र कोइराला परिवारको एकछत्र राज चलिरहेका बेला शेरबहादुर देउवाले साथ दिने थोरै ब्यक्ति मध्ये एक हुन् खगोल ओभरसिजका मालिक बिमल ढकाल । देउवा कमजोर हुँदा निरन्तर सहयोग गरेका ढकाल देउवा शक्तिशाली भएपछि निकै कमजोर र विवादित बनेका छन् । कमजोर देउवा पार्टी सभपतिदेखि प्रधानमन्त्री बने तर उनकै प्रिय पात्र ढकाल नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा विवादित र कमजोर बनेका छन् ।

ढकाल देउवाका भित्रिया हुन् । उनको बानेश्वरस्थित खगोग ओभरसिजमा एक दर्जनबढि देउवाको तस्विर झुण्डिएका छन् । उनको कार्यकक्षमा कांग्रेसका अन्य नेताको तस्विर देख्न पाइदैन । तर देउवासँग नजिक बसेर लिइएका दर्जनौ तस्विर छन् । देउवाकै निकताले उनी बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्ष पनि बने ।

उनको कार्यकक्षमा झुण्डिएका तस्विर अन्य कांग्रेस ब्यवसायीलाई तर्साउन पर्याप्त छन् । देउवालाई आड बनाएर ब्यवसायी गर्दै आएका ढकाल विवादित बायोमेट्रिक प्रणाली नेपाल भित्राउने मुख्य योजनाकार हुन् । उनकै कारण मलेसियामा जाने नेपाली कामदारले ६ हजार बढिको स्वास्थ्य परिणण गर्नुपर्ने बाध्यता भएको छ । मलेसियामा रहेका बंगलादेशी गिरोहसँग मिलेर उनी लगाएतका कांग्रेस निकटका ब्यवसायीले बायोमेट्रिक प्रणाली भित्राएका हुन् ।

ढकाल बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्ष भएपछि कल्याणकारी कोषको रकम समेत दुरुपयोग गरेका छन् । विदेशमा जाने नेपालीहरुबाट एक हजारका दरले रकम उठाएर कल्याणकारी कोष निर्माण गरिएको छ । बैदेसिक रोजगारमा गएका ब्यक्ति दुर्घटना वा अन्य समस्यामा परेपछि मात्र खर्च गर्न पाइने नीतिगत नियम छ । तर ढकालको ठाडो दवावमा कांग्रेस निकट प्रेस युनियनलाई तीन लाख रकम वितरण गरिएको स्रोतले बताएको छ ।

केही समयअघि म्यानपावर ब्यवसायीहरुमा सरकारले धमाधम छापा हान्यो । तरपनि ढकाल नेतृत्वमा रहेको संघले ब्यवसायीको रक्षा गर्न सकेन ‘राज्यआतंक रोक्ने भन्दा बढाउनेतिर ढकालको ध्यान पुग्यो’ कांग्रेस निकटका एक ब्यवसायीले भने ‘उनीबाट बैदेशिक रोजगार ब्यवसायीको संरक्षण र रक्षा हुँदैन ।’

संघको अध्यक्ष हुँदा देउवाजस्तै असक्षम बनेका ढकाल फेरी चुनावी मैदानमा उत्रेका छन् । देउवालाई रिझाएर कांग्रेस निकट फोरम लोकतान्त्रिकबाट अध्यक्षको उम्मेद्धार बनेपनि कांग्रेस निकटकै ब्यवसायीहरु भने चिडिएका छन् ।

असक्षम कार्यशैलीका कारण बैदेशिक रोजगार ब्यवसायी संघमा ढकाल पराजयको नजिक छन् । ‘उहाँहरुले गरेका विगतका गल्तिहरु सच्याउन नयाँ नेतृत्व आवश्यक छ’ ब्यवसायी भीष्मराज शर्मा सिवाकोटीले भने ‘जति सक्यो छिटो यो कार्यसमितिलाई विदा गर्नु नै ब्यवसायीको हितमा हुनेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice