माछा मार्न जाँदा हराएका युवकको उद्दार गर्न जाँदा प्रहरी जवानको मृत्यु

पोखरा


खोलामा माछा मार्न गएका युवकको उद्दार गर्न जाने क्रममा बगेर कास्कीमा एक प्रहरी जवानको मृत्यु भएको छ ।पर्वतको कुस्मा नगरपालिका १२ स्थायी घर भइ सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय कुलबहादुर कुँवरको खोलामा डुबेर सख्त घाइते भइ गण्डकी मेडिकल कलेजमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ ।
पोखरा लेखनाथ महानगरपालिका १८ चंखपुरस्थित हर्पन खोलाले बगाएर सोमबारदेखि बेपत्ता भएका महानगर ३ नदीपुरका २४ वर्षीय इन्द्र पुन र ललित पुनलाई पनि मृत अवस्थामा खोलाबाट बाहिर निकालिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice