सामाजिक अभियानका दुरदर्शी दीपकराज ,ग्रीनकार्ड त्यागेर नेपालमै होमिए ।

सन्तोष दहाल


दीपकराज जोशी,उमेर ४६ वर्ष। ज्यान हेर्दा त अझै जवान देखिन्छन झट्ट हेर्दा लाग्छ,उनी ३२/३३ वर्षका भए होलान। तर वास्तवमा उनी जिन्दगीको उत्तरार्धतिर दौडिरहेका छन् दह्रो आत्मविश्वास र संकल्प छ उनमा त्यस्तै आफ्नो संकल्प,सोच र बललाई सामाजिक कार्यमा उपयोग गर्ने दुरदर्शी योजना पनि छ ।
पश्चिम तनहुँमा जन्मिएका दीपकराजले गाउँबाटै प्रारम्भिक शिक्षा र एसएलसी उत्तीर्ण गरे ।त्यसपछि पोखरा गएर आइएस्सी फोरेष्ट्री
पढ्न थाले बीएस्सी सकाएर नेपालमै केही समय सरकारी क्षेत्रमा बिताए पनि समय बित्दै जाँदा फोरेष्ट्री पढ्नकै लागि भनेर अमेरिका गए तर त्यहाँ गएपछि परिस्थितिवश कम्प्युटर विज्ञानतिर उनको लगाव बढ्यो र त्यही विषय लिएर पढ्न थाले साथै आइटी कोर्र्सहरु पनि अध्ययन गरे लगातार पन्ध्र सोह्र वर्षसम्मअमेरिकाको बसाइपश्चात पाएको ग्रीनकार्डलाइ पनि त्यागेर नेपालमै केही गर्ने लक्ष बोकेर नेपाल फर्किएका छन् । अमेरिकामै प्रशस्त कमाइ हुने जागिर र ग्रीनकार्ड छोडेर किन फर्किए त उनी नेपाल ? सबैको चासोको विषय बन्न पुग्यो ।लामो समयको त्यहाँको बसाइले उनलाई पद,पैसा,प्रतिष्ठा सबै कमाएका थिए । जिरोबाट अमेरिकामा संघर्ष सुरु गरेपनि पछी आइटी क्षेत्रमा हिरो भैसकेका थिए। अब नेपाल फर्केलान भनेर कसैले पनि सोचेका थिएनन, तर परिस्थिति त्यस्तो भएन त्यहाँ कमाएको पद,पैसा प्रतिष्ठा सबै त्यागेर उनी आफ्नै जन्मथलो फ़र्किए ।

आफुले गरेको निर्णयमा अडिग छन् उनी। आफ्ना बाबु गोविन्दराज जोशी जिल्लाका चर्चित राजनीतिज्ञ र नेपालको गृहमन्त्री छँदा नेपाल छोडेर अमेरिका हानिए ।तर अहिले बाबु गुमनाम हुँदा फर्केर आए अहिले काठमाडौँको सुकेधारामा न्यु मिलिनियम कलेज संचालन गरेर बसिरहेका छन् जोशी। सबैलाई लाग्न सक्छ नीजी कलेज भएपछी आर्थिक रुपमा धेरै महँगो होला र सर्वसाधारणको आर्थिक पहुंचभन्दा धेरै माथि होला। हुन पनि अहिले नेपालमा संचालित सबै निजी शिक्षण संस्थाहरु व्यावसायिक भइरहेका छन् तर मिलिनियम कलेजमा त्यस्तो अवस्था नभएको दीपकराज बताउछन । उनको कलेजमा बाह्र सम्म बिज्ञान र व्यवस्थापनको पढाइ हुन्छ भने स्नातकमा बीबीएस संचालित छ। साथै अब छिटै सिटीइभिटीबाट मान्यताप्राप्त ओभरसियर कोर्स संचालन हुँदै छ। प्राइभेट कलेज भए तापनि न्यून आर्थिक स्तर भएका विद्यार्थीहरुलाई पढाउने कलेज हो यो दीपक भन्छन, “व्यवसाय संचालन गर्ने हाम्रो लक्ष्य होइन शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यावसायिक हिसाबले संचालन गर्नु हुँदैन।” ५ रोपनीको क्षेत्रफलमा फैलिएको यो कलेजको मुख्य उद्देश्य भनेको गरीब र जेहेनदार विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।

अझ अन्य व्यावसायिक नीजी विद्यालयहरुले प्रयोग गर्ने ठूलो मूल्यका खेलकुद र मनोरंजनका साटो त्यो रकमलाई गुणस्तरीय शिक्षामा नै लगानी गर्नुपर्छ भन्ने उनको धारणा रहेको छ महँगो र ख्यातीप्राप्त कलेजमा पढ्दैमा राम्रो शिक्षा पाउने र सामुदायिक वा सस्ता विद्यालयले चाहिं न्यून गुणस्तरीय शिक्षा दिन्छन भन्ने गलत मान्यता छ यो समाजमा जुन मान्यतालाई चिर्ने उनको लक्ष्य छ । अझ विशेष त आर्थिक कारणले राम्रो ठाउँमा अवसर नपाएका विद्यार्थीलाइ उचित अवसर दिने लक्ष्य छ दीपकको। पढाइको स्तर पनि सामान्य भएकालाइ प्रोत्साहन स्वरूप राम्रो अवसर पाउने किसिमले कलेजले काम गरिरहेको छ ।अहिले यस कलेजमा लगभग ४०० विद्यार्थीहरु अध्ययनरत छन्।
उनी भन्छन,”कतै तपाई आफ्नो छोरा छोरी लाई शैक्षिक माफियाको हातमा त बेच्न लाग्नु भएको छैन ? शिक्षा गरिबी विरुद्ध लड्न र गरिबी हटाउने सबैभन्दा ठूलो हतियार हो तर त्यहि हतियार प्रयोग गररे गरिबी उन्मूलन होइन गरिब जनता लाई उन्मूलन गर्न शैक्षिक माफिया लागी रहेका छन् ।नेपालमा शैक्षिक माफिया हरु ले जरो दिन-प्रतिदिन गहिरो गाड्दै छन् । यदि तपाई सरकारले कही गर्छ भनेर कुरेर बस्नु भयो भने तपाई आफ्ना छोरा छोरी को भविष्य लाई अन्धकार बनाउदै हुनहुन्छ । आवाज उठाउनु होस् ।महंगा स्तर हिन शिक्षण संस्था जसले प्रमाणपत्र किनबेच गर्छन तिनी हरु लाई बहिस्कार गर्नु होस् ।शिक्षा मौलिक अधिकार हो यस लाई व्यापार बन्न बाट रोक्नुहोस । शैक्षिक माफिया हरुको हैसियत हिजो के थियो र आज के छ त्येस ले नै शिक्षा को गुणस्तर देखाउछ । शिक्षा जगतको लूट बाट बच्न शिक्षाको राष्ट्रीयकरण हुन जरुरि छ ।”

मिलिनियम कलेज सन् २००० बाट संचालन सुरु भएको भए तापनि बीचमा विभिन्न कारणले नियमित रुपमा संचालन हुन सकेन ।विगत १ वर्षदेखि दीपकराजले दीर्घकालीन रुपमा संचालन गर्ने योजनासाथ खटेर लागिरहेका छन् दीपक र उनको संचालक टीम। छोटै अवधिमा कलेजको प्रभावकारिता एकदम राम्रो गइरहेको विश्लेषण छ उनको। नेपालको वर्तमान नीजि शिक्षा प्रणाली व्यावसायिकतामा गएको छ नि भन्ने प्रश्नमा उनले यसलाई स्वीकार्दै यस सिस्टमप्रति चिन्ता व्यक्त गरे। यसको मुख्य दोष राजनीतिक दलका नेताहरुलाई नै दिन्छन उनी ।किनकि नेपालका थुप्रै नेताहरुले नै नीजी शैक्षिक र स्वास्थ्य संस्थाहरु संचालन गरेर बसिरहेका छन्, शिक्षा र स्वास्थ्यमा नाफामुखी व्यवसाय हाबी हुनु हुँदैन तर यहाँ त्यही भइरहेको छ।

व्यवसाय संचालन गर्ने र यसबाट भ्रष्टाचार गर्ने गिरोहहरुलाई सरकार र नेताहरुले नै संरक्षण दिने परिस्थिति छ यही प्रवृतिले नै शिक्षामा विकृति ल्याइरहेको छ । यसबारे स्वयम् विद्यार्थी र अभिभावक नै सचेत हुनु अति नै आवश्यक छ ।अझ दुखको कुरो त यो छ कि अहिले संचालन भइरहेका प्रायजसो व्यावसायिक स्कुल तथा कलेजहरुले मात्र सर्टिफिकेट बाँड्ने काम गरेका छन् । न त आवश्यक ज्ञान दिएका छन् ,न त शैक्षिक गुणस्तरमा नै ख्याल गरेका छन् । यो वर्तमान शिक्षा क्षेत्रको गम्भीर चुनौतीको विषय हो । त्यसैको परिणाम अहिले डिग्री होल्डर त सबै भएका छन् ,हात हातमा सर्टिफिकेट त सबैको छ तर त्यसलाई उपयोग गर्ने र व्यवहारमा लागु गर्ने आधारसम्म पनि बन्न सकेको छैन। त्यसैले अहिले सबै कर्मशील युवाहरुको लहर खाडी मुलुकहरुमा देखिइरहेको छ। यो समस्याको प्रमुख कारकमा सरकारी संयन्त्र नै रहेको दीपकराज जोशीको विश्लेषण रहेको छ । अब कसरी यो समस्याको अन्त्य गरी नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्ला त भन्ने प्रश्नमा उनले थपे,”यसको लागि सरकार जिम्मेवार भएर निश्चित मापदण्ड छुट्याउनु पर्दछ र त्यसलाई एकदम कडाइका साथ् लागु गर्नुपर्छ जुन संस्थानहरुले तोकिएको मापदण्डलाई कार्यान्वयन गरेर अगाडी जान्छन ठिक छ ,मापदण्ड पुरा नगरी अटेर गर्नेलाई सरकारले नै राष्ट्रियकरण गरेर संचालन गर्नु पर्दछ ।

उच्च आर्थिक वर्ग र न्यून वर्गबीचको खाडललाइ पुर्नको लागि प्रभावकारी शैक्षिक नीति लागु गर्न अति नै आवश्यक छ। जोशी भन्छन” आर्थिक रुपमा तुलना गरेर शिक्षा र स्वास्थ्य क्षेत्र असफल हुनु हुँदैन ,किनकि यी दुवै सामाजिक दायित्व बोकेका क्षेत्रहरु हुन् व्यावसायिक र आर्थिक रुपमा अरु कुनै पनि संस्थानहरु फेल हुन् सक्लान तर त्यो नियम यी दुइ क्षेत्रमा हावी हुनु राम्रो कुरो होइन महंगा गैरसरकारी स्कुलमा पढ्ने विद्यार्थी र अभिभावकले नाल फुलाउने र न्यून वर्गका सामुदायिक स्कुल कलेजमा पढ्न बाध्यले चाहिं नाक खुम्च्याउनुपर्ने समस्याको अन्त्य गर्नको लागि सरकारले बिशेष पहल गरेर नियम लागु गर्नु पर्दछ किनकि सामुदायिक कलेजमा पढ्नेले पनि मेहनत गर्ने हो भने नीजी संस्थानहरुको तुलनामा धेरै राम्रो नतिजा ल्याएका प्रशस्त उदाहरणहरु छन् यो समाजमा मात्र उनीहरुलाई प्रोत्साहान गर्नसक्ने नीतिको खाँचो छ ।”

मिलिनियमको चाहिं के छ त पद्दति ?
छोटै समयमा अमेरिकाको स्थायी ग्रीनकार्ड प्राप्त गरी आइटी क्षेत्रमा समेत नाम कमाइसकेका दीपकलाई गास,बास ,कपासको कुनै समस्या थिएन । उनी अब नेपाल फर्कदैनन भन्ने पनि सबैलाई थाहा भइसकेको थियो ।तर तर सबैको अनुमानलाई गलत साबित गर्दै नेपालमै बसेर केही सामाजिक कार्य गर्ने इच्छा पलायो उनीमा र अप्रत्याशित रुपमा नेपाल फर्किए, अनि शैक्षिक उन्नयनतर्फ उनको लगाव बढ्यो । व्यवसाय गर्नको लागि त अमेरिकामा नै प्रशस्त सम्भावनाहरु थिए तर उनी यहाँ व्यवसाय गर्न र पैसा कमाउन आएका होइनन,सर्वसाधारणको पहुँचमा गुणस्तरीय शिक्षा प्रदान गर्नु उनको प्रमुख ध्यय हो।उनी आफुले एकपल्ट लिएको निर्णयबाट सितिमिति पछी हट्दैनन् किनकि उनले गलत निर्णय पनि लिंदैनन । नत्र किन कुशल राजनीतिज्ञका छोराको पहिचान बनाएका उनी जिरो अवस्थामा अमेरिका लाग्थे र हिरो भएपछी चाहि फर्कन्थे जबकि उनी फर्कंदा उनका बाबु राजनीतिबाट लगभग गुमनाम भइसकेका थिए ।

नेपालमा धेरै तलब खान नआएको उनको भनाइ छ ।पैसै कमाउने मन भए यो क्षेत्र रोज्दैनथे उनी ,अरु क्षेत्रमा पनि प्रशस्तै सम्भावनाहरु थिए ।बाबु गृहमन्त्री जस्तो पदमा पुग्दा थुप्रै अवसरहरु नआएका त होइनन नि उनलाई तर सबैलाई उनले इन्कार गरे ।अरु मन्त्रीका छोराहरुले यसरी आएको अवसरलाई छोड्छन होला त ? धेरै काम गर्ने तर थोरै तलब भएपनि हुंने कामका लागि नेपाल फर्किएको उनको दाबी छ । अहिले उनी अध्यापनमा सक्रिय छन् । साउथ वेस्टर्न कलेज, मिलिनियम कलेजमा एमविए तहकालाई पढाईरहेका छन् । केही भारतीय कम्पनीहरुमा कन्सल्ट्यान्ट छन् । त्रिभुवन विश्वविद्यालयमा आइटी सम्बन्धी प्रोजेक्टहरुमा उनी जोडिएका छन् । उनले १७ वर्षको अमेरिका बसाई र आईटी क्षेत्रको अनुभव बाडिरहेका छन । तर, ठोसरुपमा नयाँ काम गर्ने मेसो मिलिरहेको छैन ।

मिलिनियम कलेजबाट पैसा कमाउनु उनको लक्ष्य होइन,जेहेनदार र गरीब वर्गका विद्यार्थीलाई उनीहरुकै हैसियतअनुसार शिक्षा प्रदान गर्नु हो त्रिविबाट सम्बन्धन प्राप्त कलेज भएकोले त्यसैले डिजाइन गरेको कोर्स यस कलेजमा पढाइ हुन्छ हुनत त्रिविको वर्तमान कोर्स पनि पुरै व्यावहारिक शिक्षा दिने छैन त्यसमा पनि धेरै परिमार्जन गर्नु आवश्यक छ त्यो कोर्सको अतिरिक्त अन्य व्यावहारिक ज्ञान पनि मिलिनियम कलेजले दिइरहेको छ ।सरकारले राम्रो र व्यावहारिक पाठ्यक्रम निर्माण गरी यहाँ अध्यान गरेर सर्टिफिकेट पाएका बिद्यार्थीहरुलाई यही देशमा रोजगारी सिर्जना गर्ने वा यही देशमै व्यवसाय गर्न सक्ने वातावरणको सिर्जना गरोस भन्ने उनको माग रहेको छ ।मिलिनियम कलेजमा घोकाउने भन्दा सिकाउने किसिमले पढाइ हुन्छ ।घोकेर पाएको ज्ञानले भन्दा व्यवहारिक किसिमले पाएको ज्ञान धेरै उपयोगी हुन्छ भन्ने दीपकको बुझाइ रहेको छ ।

विद्यार्थीलाई बलले भन्दा बुद्धिले कन्ट्रोल गर्नुपर्छ ,बरु थोरै विद्यार्थीलाइ अध्ययन गराउने तर जीवन उपयोगी ज्ञान दिने नै मिलिनियम कलेजको ध्यय हो ।तसर्थ महंगा र पहुँचवालाहरुको विद्यालयमा भन्दा किताबी र कोरा ज्ञानको अतिरिक्त व्यवहारिक ज्ञान दिने संस्थानलाइ छान्नको लागि विद्यार्थी तथा अभिभावाकलाइ उनको आग्रह रहेको छ ।

 

2 Comments
  1. I know Deepak Joshi very well. We lived in Little Rock USA. He has great work ethic and is a very hard working young man. He helped lots of Nepalese people through Nepali community. Pleasant person with great sense of humor. I enjoyed him every moment.
    I am so proud to know that he has been investing his power of knowledge and great work culture in our country. He will work unconditionally and educate Nepalese people. I wish him good luck!

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice