यी हुन् बढुवा सूचीमा रहेका १३ डिआईजी

काठमाडौं । नेपाली प्रहरीका १३ जना डिआईजीहरूलाई एआईजीमा बढुवाको तयारी भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले १३ जना वरिष्ठ डिआईजीहरूलाई एआईजीमा बढुवा गर्न लागेको स्रोतले जनाएको छ । बढुवा हुने एआईजीहरूबाट सात जनालाई प्रदेशको जिम्मेवारी दिएर पठाइनेछ ।

संभवत सोमबार वा मंगलबार बिहानसम्म डिआईजीहरूको बढुवाको तयारी भएको छ ।

एआइजीमा बढुवाको निर्णय गरेर गृहमन्त्री शर्मा मंगलबार श्रीलंकाको कोलम्बो जाने उच्च स्रोतले जनाएको छ ।

डिआईजीबाट एआईजीमा बढुवा हुनेमा १ नं. मा जयबहादुर चन्द रहेका छन् ।

त्यसपछि क्रमशः बमबहादुर भण्डारी, माधव जोशी, बिजय भट्ट, केशरी घिमिरे, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, मिङमार लामा, पंकज श्रेष्ठ, रोमेन्द्रसिंह देउजा, विजयलाल कायस्थ, मधु पुडासैनी र हेमन्त पाल रहेको उच्च स्रोतको भनाइ छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice