राप्रपाले नीति तथा बजेटको पक्षमा मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आइतबार बसेको संसदीय दलको बैठकले यही असार २९ गते व्यवस्थापिका–संसद्‌मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग संविधान संशोधनका विषयमा शनिबार भएको छलफलबारे पनि बैठकमा अध्यक्ष थापाले जानकारी दिएका पार्टी प्रमुख सचेतक कुन्तीकुमारी शाहीले बताइन् । सरकारमा उचित स्थान पाए मात्र सहभागी हुनुपर्ने सुझाव पनि अधिकांश सदस्यले दिएका बताइएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice