स्ट्राइकर क्रिस्टियानो फेरि अर्को बच्चाको बावा बुन्दै

लन्डन । गत साता मात्र आफ्नो घरमा जुम्ल्या बच्चा भित्र्याएका विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फेरि अर्को बच्चाको बुवा बन्न लागेको खबर आफैमा अनौठौ लाग्न सक्छ । तर, बेलायतको चर्चित ‘डेली मेल’ पत्रिकाले यसको रोचक खुलासा गरेको छ ।

रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथो बच्चाको बुवा बन्दैछन् । उनको प्रेमिका जर्जिना रोड्रिगेज पाँच महिनाको गर्भवती भएको डेली मेलले जनाएको छ ।

२३ वर्षीय मोडलसँग गत वर्षदेखि सम्बन्ध बनाएका रोनाल्डो बिहीबार राति स्पेनको इबिजामा देखिएका थिए । जहाँ रोनाल्डोले हात समातेर जर्जियालाई गाडीबाट उतारेका थिए।

जर्जियाको कोख अस्वभाविक ठूलो देखिएपछि स्पेनलगायत बेलायती पत्रिकाले रोनाल्डोको विषयमा समाचार सार्वजनिक गरेका हुन् ।

रोनाल्डोले यसअघि नै अपरिचित आमाबाट पहिलो बच्चालाई जन्म दिएका थिए । जुन अहिले ७ वर्ष पुगिसकेका छन् । यस्तै, गत साता उनले सरोगेसीमार्फत जुम्ल्या बच्चा माटियो र इभालाई जन्म दिएका थिए ।

विहिबार जर्जिया चिपिक्क परेको नेभी जम्पसुट लुगामा देखा परेकी थिइन् । अर्को बेलायती अखबार ‘दि सन’ ले धेरै पहिले जर्जियाबाट रोनाल्डोले आउँदो अक्टुवरमा एक बालिकालाई जन्म दिन लागेको खबर सार्वजनिक गरेको थियो । – एजेन्सी

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice