गृहमन्त्री शर्मा अकस्मात पुगे विमानस्थल

काठमाडौं, २३ असार । गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरीक्षण गरेका छन् । बिहीबार साँझ अकस्मात विमानस्थल पुगेका शर्माले गृह प्रशासन मातहतका इकाईहरुको कामकारबाही निरीक्षण गरेका हुन् ।

अध्यागमन विभागका इकाईहरुको काम(कारबाही तथा कर्मचारीको उपस्थिति निरीक्षण गर्दै मन्त्री शर्माले विमानस्थलको कन्ट्रोल रुम तथा सिसिटिभी कक्ष पनि अवलोकन गरे । उनले विमानस्थलको आगमन कक्ष तथा प्रस्थान कक्षमा कार्यरत अध्यागमन विभागका कर्मचारीको उपस्थिति र हाजिरी पुस्तिका निरीक्षण गरे ।

विमानस्थलको एक्सरे मेसिन तथा सिसिटिभी कक्ष निरीक्षण गर्दै मन्त्री शर्माले त्यहाँ कार्यरत कर्मचारीलाई ‘यहाँ काम गरेको कति समय भयो ?’ भन्दै प्रश्न गरेका थिए ।

निरीक्षण क्रममा विभानस्थलका एयर कन्डिसन तथा केही सिसिटिभी बिग्रिएको पाइएको छ । विमानस्थलमा रहेका ३४१ सिसिटिभीमध्ये ३ सय ८ वटा मात्रै चालू अवस्थामा रहेको सिसिटिभी कक्षमा कार्यरत प्रहरी जवान विक्रम तामाङले मन्त्री शर्मालाई जानकारी गराए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice