सर्वोच्चमा भरतपुर मतगणना विवादबारे आज सुनुवाइ हुँदै

काठमाडौं, २३ असार । भरतपुर महानगरपालिका वडानम्बर १९को मतगणना विवादबारे शुक्रबार सर्वोच्च अदालतले सुनुवाइ गर्दै छ।

कायममुकाय प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यो मुद्दा हेर्दै आएको छ । आज सुनुवाइ सुरु भए यो मुद्दाका दुबै पक्षको बहस हुनेछ ।

यसअघि यो इजलासले भरतपुर मतगणना हुँदाहुँदै च्यातिएका मतपत्र र निर्वाचन आयोगले त्यसबारे गरेका निर्णय मगाएको थियो ।

मतगणना भइरहेका बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो । विवादपछि मतगणना स्थगित भएको छ ।

निर्वाचन आयोगले भरतपुर१९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन मतगणना सुचारूको माग गर्दै भरतपुर– १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice