पार्टीमाथि अन्तर्घात गरेको भन्दै युवा नेतालाई कालोमोसो दलियो

नेपालगन्ज


कांग्रेस पार्टीका उम्मेदवारले चुनाव हारेपछि पार्टी माथि अन्तरघात गरेको भन्दै कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेललाइ कालोमोसो दलेका छन्।
बुधवार कोहलपुर नगरपालिकामा अन्तरघातको आरोपमा कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए।

बुधबार दिउँसोमात्र कोहलपुरको मतगणना सकिएको थियो । नेपाली कांग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै पुडासैनीको समूहले घरमै गएर पुडासैनीमाथी कालोमोसो दलेका हुन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice