मतगणना आखिरी चरणमा, ३१८ स्थानीय तहको परिणाम सार्वजनिक

काठमाडौँ


दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सम्पन्न भएको छ । मतपरिणाम अनुसार नेकपा एमाले १४२ स्थानीय तहमा विजयी भएको छ। दोस्रो स्थानमा सत्तारूढ दल नेपाली कांग्रेस ११७ स्थान हासिल गरेको छ ।

तेस्रो स्थानमा रहेको माओवादीले ३७ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरम ७ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ। एक उपमहानगरसहित राप्रपाले ४ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्रले तीन स्थानमा जित हासिल गरेका छन्। जारी मतगणनामा अहिले नेकपा एमालेले दुई उपमहानगर, ६ नगरमा अग्रता लिएको छ।यस्तै कांग्रेसले विराटनगर महानगर, धनगढी उपमहानगर र अन्य तीन नगर र एक गाउँपालिकामा अग्रता बनाएको छ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार, हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ ।

हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् । यसैगरी, प्रदेश नम्बर ५ मा अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, पाल्पा, दाङ, प्यूठान, बर्दिया, बाँके, रोल्पा, रुकुम छन् भने प्रदेश नम्बर ७ मा अछाम, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको जानकारी प्राप्त भएको छ । मत गणना जारी रहेका ७ जिल्लामा प्रदेश नम्बर १ मा उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर ५ मा कपिलवस्तु र प्रदेश नम्बर ७ मा कञ्चनपुर तथा कैलाली बाँकी छन् ।

माओवादी केन्द्र मोरङको रंगेलीमा अघि छ भने संघीय समाजवादी फोरम एक स्थानमा अघि छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice