झापाको कमल गाउँपालिकामा एमाले र कांग्रेसको बराबरी मत

झापाको कमल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्ष उम्मेदवारले मत बराबरी ल्याएका छन् । यससँगै कसलाई बिजेता घोषणा गर्ने भन्ने बारे टुंगो लाग्न सकेको छैन ।
एमालेकी उम्मेदवार मेनका काफले र कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत पाएका छन् । अब कसरी निर्णय गर्ने भनेर निर्वाचन अधिकृतले निर्वाचन आयोगको परामर्श मागेका छन् ।

बिजेता टुंगो लगाउने बिधीबारे निर्वाचन आयोगको निर्देशन मागिएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइटेलले बताए । सामान्यतः वडाध्यक्ष र सदस्यमा बराबरी मत हुँदा गोला प्रथाबाट टुंगो लगाउने गरिएको छ । तर गाउँपालिका अध्यक्षमै बराबरी भएको यो पहिलो घटना हो । उपाध्यक्षमा भने एमालेका उम्मेदवार बेणु शिवाकोटी बिजयी भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice