समस्त थारुहरुको प्रतिनिधित्त्व गर्दै एमालेका नरुलाल बने घोराहीको मेयर

दाङ


घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका छन् ।यो जीतले एमालेको मात्र होइन समग्र घोराही उपमहानगरपालिका र सम्पूर्ण देउखुरीका भूमिपुत्र थारुको समग्र प्रतिनिधित्त्व भएको आँकलन गरिएको छ ।
देशकै सबैभन्दा ठूलो उपमहानगर र प्रशस्त मात्रामा थारुहरुको बाहुल्यता भएको यो क्षेत्रमा चौधरीको विजयले गहिरो खुसी,आशा र उमङ्ग जगाएको छ ।चुनावअगावै नरुलालले मेयरको टिकट पाएपछि नै त्यहाँका मतदाताहरुले असल,सक्षण र इमानदार उनलाई भोट दिएर जिताउने निर्णय अधिकांशले गरिसकेका थिए । उनको जीतले त्यहाँका एमालेहरुलाई मात्र होइन ,सबै पार्टीमा विश्वास गर्ने त्यहाँका थारु जातिलाई थप उत्साहित बनाएको छ ।
सदियौंदेखि अन्य पार्टीको हेपाइ र पेलाइमा परेका घोराहीका थारुहरुले यसपटक घोराहीको नेतृत्वमा आफ्नै समुदायको मेयर पाएपछि अपनत्वको महशुस गरेका छन् ।
थारु बाहुल्य क्षेत्र भए तापनि अन्य पार्टीले उनीहरुलाई गर्ने भेदभावपुर्ण व्यबहार र एमाले थारु विरोधी पार्टी हो भन्ने गलत भावनालाई पनि अहिले नरुलालको विजयले गलत साबित गरिदिएको छ। सुरुदेखि नै जिल्लाकै राजनीतिक र सामाजिक क्षेत्रमा नरुलालाको सक्रियता उच्च रहनु र पार्टीभित्र पनि हाइ प्रोफाइल भएका थारु नेता भएकोले अहिले उहाँलाई चुनाव जित्न धेरै सहज भएको यहाँका बौद्धिक वर्गहरुको विश्लेषण रहेको छ ।
देशका सात मध्ये दुइवटा उपमहानगरपालिकामा थारु जातिलाई मेयरमा टिकट दिनुले एमाले थारुविरोधी पार्टी हो भन्ने भावनालाई पनि चिर्न सफल भएको छ ।
नरुलालको चुनावी अभियानमा यसपटक एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले पूर्णरुपमा खटिएर साथ् दिएका थिए । दोश्रो संविधानसभाको चुनावमा दाङबाट पराजित भएका पोखरेललाई यसपटक पार्टीको साख बचाउनका लागि पनि थारुलाई जिताउन आन्तरिक दवाव नै थियो ।
घोराही र तुलसीपुर उपमहानगरपालिका जित्दा ठूलो सन्देश जाने भएकाले उनी पछिल्लो समय उतै अड्डा जमाएर बसे । यो अभियानमा शान्ता चौधरी,महेश चौधरी,मेटमणी चौधरी जस्ता थारु समुदायका अगुवा नेताहरु साथमा थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice