राजमो के हुँदै छ स्थानीय चुनावमा ?

काठमाडौँ


नेपाली राजनीतिक वृत्तमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई बेग्लै र विशिष्ट रुपमा हेर्ने गरिएको छ । हरेक सन्दर्भका कुराहरुलाई खरो रुपमा प्रस्तुत गर्ने केसी संघीयताका खरो आलोचकको रुपमा परिचित छन् । उनको पार्टीले संसदमा समानुपातिकतर्फ तीन सिटको प्रतिनिधित्त्व गरेको छ ।
राजमोले अहिलेको स्थानीय चुनावमा पनि भाग लिएर केही ठाउँमा जीत हासिल गरेको छ । पहिलो चरणको चुनावमा वाग्लुङ्गको एक स्थानीय तह मात्र जितेको उसले अहिले भने केही स्थान थप गर्न सफल भएको छ । राजमोले प्यूठानको मल्लरानी गाउँपालिका प्रमुखमा जित हात पारेको छ । त्यसैगरी प्यूठानकै झिमरुक गाउँपालिकामा पनि राजमोले जितेको छ ।

प्युठानका विभिन्न स्थानीय तहमा राजमोले १५ वटा वडाध्यक्ष पदहरुमा जित हात पारेको छ । प्यूठान नगरपालिमा पनि उसले एउटा वडा जितेको छ । त्यसैगरी, मल्लरानी र झिम्रुक बाहेक राजमोले ऐरावती, भूमिकास्थान र स्वर्गद्वारी लगायतका गाउँपालिकाका केही वडाहरुमा राजमोले चुनाव जितेको छ ।प्युठान जिल्ला विगतमा राजमोको गढ मानिन्थ्यो । पछिल्लो संविधानसभामा वामदेव गौतम बर्दियाबाट प्यूठानमा चुनाव लड्न गएपछि राजमोका लागि एमाले मुख्य चुनौती बन्न पुग्यो । स्थानीय चुनावको मुखमा एमाले र राजमोले तालमेल गर्न खोजेका थिए, तर अन्तिममा आएर भाँडियो ।

प्यूठानमा राजमोको जनमतलाई माओवादीले पनि चुनौती दिँदै आएको छ । तर, यो स्थानीय चुनावमा केही स्थानमा राजमो र माओवादीले तालमेल गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice