जनयुद्धको राजधानी रोल्पामा माओवादी केन्द्रको दबदबा कायम

 

काठमाडौं । दोस्रो संविधानसभाको निर्वाचनदेखि खस्किएको नेकपा माओवादी केन्द्रको साख स्थानीय तहको निर्वाचनमा रोल्पा र रुकुमले कायम राखेको छ । रुकुममा क्लिनस्वीप गरेको माओवादी केन्द्रले जनयुद्धको राजधानी रोल्पामा पनि आफ्नो दवदवा कायम राखेको छ । रोल्पाको १० स्थानीय तहमध्ये ७ स्थानमा माओवादी केन्द्रका उम्मेद्धारहरु विजयी भएका छन् ।

सहरी क्षेत्रमा बढारिएको माओवादी केन्द्र फेरी गाउँमा जुरमुराएको छ । पहिलो चरणको निर्वाचनमा ४५ स्थान जितेको माओवादी केन्द्रले दोस्रो चरणमा पनि आफ्नो उपस्थिति बलियो नै जनाएको छ । १७५ स्थानको परिणाम आउँदासम्म माओवादी केन्द्रले २५ स्थानमा जित निकालेको छ । जसमा रोल्पा र रुकुमबाट १० स्थान माओवादी केन्द्रले जितेको छ ।

रोल्पाका १० स्थान मध्ये २ स्थानमा एमाले बिजयी भएको छ । भने, कांग्रेसले एक स्थानमा जित निकालेको छ । प्रदेश नम्वर १ को सोलुखुम्वुमा राम्रो उपस्थिति जनाएको माओवादी केन्द्रले प्रदेश नम्वर ५ मा पनि राम्रो उपस्थिति जनाएको छ । प्रदेश नम्वर १ मा ८ स्थान जितेको माओवादी केन्द्रले प्रदेश नम्वर ५ मा १२ र प्रदेश नम्वर ७ मा ५ स्थान जितेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice