एमाले १५, कांग्रेस ११ र माओवादी केन्द्र ६ स्थानमा विजयी (को कहाँबाट बिजयी सुचिसहित)

काठमाडौं । दोस्रो चरणको मत परिणाममा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा कटक्कर देखिएको छ । पहिलो चरणमा पछि परेको नेपाली कांग्रेसले दोस्रो चरणमा एमालेलाई निकै चुनौति दिएको छ । हालसम्म सार्वजनिक पछिल्लो परिणाम अनुसार एमाले १५ स्थानमा जित हात पारेको छ । भने, नेपाली कांग्रेस ११ स्थानमा विजयी भएको छ । माओवादी केन्द्रले ६ स्थानमा जित निकालेको छ ।

पहिलो चरणमा निर्वाचन भएका क्षेत्र ३, ४ र ६ मा नेपाली कांग्रेसको अवस्था राम्रो थियो तर परिणाम दोस्रो भयो । दोस्रो चरणको निर्वाचन भएका क्षेत्रमा एमालेको पकड राम्रो मानिन्थ्यो तर कडा प्रतिस्पर्धा देखिएको छ । ‘पहिलोभन्दा दोस्रोमा हामीले निकै ठुलो मेहेनत गरयौ’ कांग्रेस नेता गगन थापाले भने ‘पूर्वदेखि पश्चिमसम्म मैले यात्रा पनि गरे ।’

कांग्रेसले एमालेका पकड क्षेत्रमा जित निकालेको छ भने एमालेले पनि कांग्रेसका पकड क्षेत्रमा कब्जा जमाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लाबाट एमाले उम्मेद्धारहरु बिजयी भएका छन् । अन्य प्रभावशाली नेताका जिल्लामा पनि एमाले अघि देखिएको छ । २०४७ सालदेखि कांग्रेसको पडकमा रहेको दाङमा एमाले उम्मेद्धारहरु अगाडी देखिएका छन् ।

पछिल्लो परिणाम अनुसार कांग्रेस ८१ स्थानमा अगाडी छ । कुनै ठाउँमा झिनो मतअन्तर भएपनि कांग्रेस ८१ स्थानमा अगाडी छ । एमाले ७९ स्थानमा अगाडी देखिएको छ । यहाँ पनि दुवै दलबीच निकै प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्र ३१ स्थानमा अगाडी छ भने राप्रपा ५ स्थानमा अगाडी रहेको छ ।

एमालेले जितेका स्थानीय तह

१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. बित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३. दुर्गाथली गाउँपालिका, बझाङ
१४. ताप्ली गाउँपालिका, उदयपुर
१५. शहीदभूमि छिन्ताङ गाउँपालिका, धनकुटा

कांग्रेसले जितेका स्थानीय तह

१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सिलिचोङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०. गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११. केअार्इसिंह गाउँपालिका, डोटी

माओवादीले जितेका स्थानीय तह

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice