रामप्रसाद राइ गाउँपालिकामा एमाले विजयी

भोजपुर


भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । मतगणना सुरु भएदेखि नै माओवादीले अग्रता लिएपनि यो गाउँपालिकामा ८ मतले एमालेका बिजय राई अध्यक्षमा निर्वाचित भए ।
एमालेका राईले २३५६ मत प्राप्त गरेर बिजयी हुँदा माओवादी केन्द्रका थामबहादुर राईले २३४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने माओवादीकी सम्झना राई निर्वाचित भएकी छन् ।

माओवादी केन्द्रले आफ्नो गढ मानेको रामप्रसाद राई गाउँपालिका माओवादी जिल्ला इन्चार्ज तथा पूर्व सभासद सुदन किरातीको गृहक्षेत्र हो ।भोजपुरका ९ स्थानीय तहमध्ये मतगणना सम्पन्न भएको यो पहिलो गाउँपालिका हो । बाँकी ८ स्थानीय तहमध्ये कांग्रेस र माओवादीले बराबरी अग्रता लिइरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice