दैलेखमा गाउँ/नगरसभा बोलाउने तयारी सुरु

दैलेख


सरकारले असार २५ गते सम्बन्धित गाउँ/नगरपालिकालाई सभा बोलाउन निर्देशन दिएपछि नवनिर्वाचित जनप्रतिनिधि त्यसको तयारीमा जुटेका छन् । निर्वाचित भएपछि बधाई, सम्मान लिन र मतदातालाई धन्यवाद दिन व्यस्त उनीहरू केही दिनयता सभाको तयारीमा लागेका हुन् ।

जनप्रतिनिधिले शपथलगत्तै केही निर्णय गरे पनि अपूरो निर्देशिकाले काम अघि बढाउन समस्या छ । कुन काम प्रमुखले, कुन उपप्रमुखले गर्ने भन्ने विषयमै अन्योल देखिन्छ । जनप्रतिनिधिले अब ती निर्णय सम्बन्धित गाउँ/नगर सभाबाट पारित गराई असार २५ गते आआफ्नो तहको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ ।

त्यसका लागि प्रमुख/उपप्रमुखदेखि वडा सदस्यसम्म पर्खिरहेका छन् । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले नगरसभाको तयारी भइरहेको जानकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice