विराटनगरमा मतपेटिकाको शील तोड्ने विषयमा विवाद

बिराटनगर महानगरपालिकाको मतगणना सुरु नुहँदै मतपेटिकाको शिल तोड्ने विषयमा विवाद भएको छ । विवादका वीच अपरान्ह साढे ४ बजेदेखि मतगणना सुरू गरिएको छ ।वडा नम्बर १ का दुर्इवटा मतपेटिका खाेलेर मतगणना थालिएकाे हाे । यी मतपेटिकामा १४२४ मत छ।

अपरान्ह ४ बजेपछि मतगणना सुरु गर्न कर्मचारीहरुले मतपेटिकाको शिल तोड्नै लाग्दा संघीय समाजवादी फोरमका उम्मदेवारले आपत्ति जनाएका थिए ।बुधबार मतपेटिकाको शिलबन्दै गर्दैगर्दा तयार पारिएको मुचुल्का नदेखाई शिल तोड्न नपाइने फोरमका नेताहरुले बताएका थिए । र, यसमा अन्य दलको पनि समर्थन गरेका थिए ।

शिल तोड्नेबारे उत्पन्न विवादलाई मिलाएर मतगणना गर्ने प्रयासमा निर्वाचन आयोगका कर्मचारीहरु लागिपरेका थिए। अन्ततः विवाद मिलेकाे छ र मतगणना सुरू भएकाे छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice