कपिलवस्तुमा भारतीय नागरिकले मेयरमा उम्मेदवारी दिएको खुलासा

कपिलवस्तु जिल्लास्थित कृष्णनगर नगरपालिकाको मेयर पदमा भारतीय नागरिक रजतप्रताप शाहले मेयर पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको पत्ता लागेको छ ।

रजतप्रताप शाहले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । शाहभवन बहादुरगञ्जमा बसोबास गर्दै आएका उनी यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा राजनीति गर्दै आएका थिए । उनको गतिविधिहरू शंकास्पद भएपछि संघीय समाजवादी फोरमले पार्टीबाट कारबाही गरेर निकाल्नुका साथै टिकट दिएको थिएन ।

कपिलवस्तु जिल्लामा थुप्रै सम्पत्ति जोडेका रजतप्रताप शाहका बुबा रघवेन्द्रप्रताप शाह सहायक मन्त्री समेत भइसकेका छन् । रजतप्रताप शाह भारतीय नागरिक भएको प्रमाणहरू परेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice