प्रधानमन्त्रीको सुरक्षाको लागि गएको जीप कैलालीमा दुर्घटना

स्थानीय चुनावमा मतदान गर्नका लागि आफ्नो गृहजिल्ला डडेलधुरा गएका प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाको लागि गएको नेपाल प्रहरी टोलीको जीप बुधबार भीमदत्त राजमार्गमा पर्ने कैलालीको फ़ल्टूडेमा दुर्घटनामा पर्दा ९ जना प्रहरी घाइते भएका छन् ।
.से १ ज १५०३ नम्बरको जीप सडकमै पल्टीएको हो । दुर्घटनामा परी घाइते ९ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रधानमन्त्री देउवा आफ्नो जिल्लामा मतदान गरी आजै धनगडी फर्कदै छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice