रोल्पामा अज्ञात व्यक्तिबाट मतपेटिकामा एसिड हालियो

रोल्पा


दोश्रो चरणको स्थानीय निर्वाचनका लागि मतदान भइरहंदा रोल्पाको एउटा मतदान केन्द्रमा भने एक अज्ञात व्यक्तिले मतपेटिकामा एसिड हाले मतपेटिका जलाएको छ ।स्थानीय रोल्पा नगरपालिका १० को भनभने मावि मतदान केन्द्रमा यस्तो घटना घटेपछि तल्कालका लागि त्यस केन्द्रमा मतदान स्थगित गरिएको छ ।
उक्त अज्ञात व्यक्तिको पहिचान खुल्न सकेको छैन ।एसिड खन्याएपछि मतपेटिकाको ४ वटा मतपत्र जलेको छ ।घटना कसले घटायो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
जिल्लाको अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice