भारी बर्षाका कारण बुटवल महानगरपालिकामा मतदान सुरु भएन

 

काठमाडौं । सर्वाधिक चासोको रुपमा हेरिएको बुटवल उपमहानगरपालिकामा भारी बर्षाका कारण मतदान सुरु हुन सकेको छैन । विहान ७ बजेदेखि मतदान गर्ने भनिएपनि निर्वाचनमा खटिएका कर्मचारीको लापरवाही र बर्षाका कारण मतदान सुरु हुन नसकेको हो ।

८ बजेसम्म मतदान सुरु नभएपछि एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले निर्वाचनमा खट्टिएका कर्मचारी प्रति आक्रोस पोखेका छन् । बर्षाको पुर्वाअनुमान भएपनि निर्वाचन आयोगले प्रवन्ध मिलाउन नसकेको बताएको छ । मतदान केन्द्र र मत पेटिकामा पानी पर्न सक्ने भन्दै उनले हदैसम्मको लापरवाही निर्वाचन समितिले गरेको बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice