बोक्सा आरोपमा बृद्धाको घाँटी रेटेर विभत्स हत्या

काठमाडौं । बोक्साको आरोपमा एक बृद्धको घाँटी रेटेर विभत्सपूर्ण हत्या गरिएको छ । मोरड रंगेली नगरपालिका बडा नं ९ घर भएका पहाडचन राजबंशीको घाँटी रेटेर हत्या गरिएको छ । पटक पटक अपमानित हुँदै आएका ६३ बर्षीय राजवंशीको आइतवार घर नजिकैको बजारबाट फर्किदै गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ । उनको बीच सडकै रगताम्य अबस्थामा शव फेला परेको थियो ।

हत्या कसले गरयो भन्ने अझै खुल्न सकेको छैन भने प्रहरीले कसैलाई नियन्त्रणमा पनि लिएको छैन । गाउँलेले पहिले बोक्सोको आरोप लगाएका थिए । त्यसपछि राजवंशीले प्रहरीमा ज्यान सुरक्षा र आरोपबिरुद्ध उजुरी दर्ता गराएका थिए । उजुरीपछि केही ब्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन पनि गरेको थियो । उनीहरुले नै हत्या गरेको आशंका प्रहरीले गरेको छ । राजवंशीलाई धारिलो हतियारले पहिले प्रहार भएको त्यसपछि आधा घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice