केके छन् मौन अवाधिभित्रका आचारसंहिताहरु, उल्लङ्घन गर्नेलाई के कारवाही ?

काठमाडौँ


दोश्रो चरणको स्थानीय निर्वाचनको लागि प्रचारप्रसार गर्ने समय सकिइसकेको छ ।त्यस्तै मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिदेखिको समयलाई निर्वाचन आयोगले मौन अवधिको रुपमा लिएको छ ।यस अवधिमा कुनै पनि राजनीतिक पार्टी,उम्मेदवार वा कार्यकर्ताले प्रचारप्रसार गर्ने,मत माग्ने,जुलुस निकाल्ने वा सामाजिक संजालका कुनैपनि साइटको प्रयोग गरी निर्वाचन प्रचार गर्न पाउने छैनन् । यसो गरे वा गराइएको पाइएमा निर्वाचन आचारसंहिता बमोजिम सम्बन्धित उम्मेदवारलाई कारवाही हुनेछ ।यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मौन अवाधिभित्रका आचारसंहिता र उल्लङ्घन गर्दाको कारवाहीको प्रावधानको सम्बन्धमा प्रकाश पारेका छन् ।

केके छन् मौन अवाधिभित्रका आचारसंहिताहरु ?

-निर्वाचन आयोगले जारी गरेको आचारसंहित अनुसार मौन अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न पाइँदैन ।

-मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउनुपर्छ ।

-उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गन पाइँदैन ।

-चुनाव चिन्ह अंकित सामाग्रीहरु बिक्री गर्न वा प्रदर्शन गर्न समेत पाइँदैन ।

-उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

 

नियम उल्लङ्घन गर्नेलाई तोडे के कारवाही ?

-मौन अवधिको आचारसंहिता तोडेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँसम्म जारिवाना गर्न सक्ने व्यवस्था निर्वाचन आयोग सम्बन्धी कानुन ०७३ मा उल्लेख छ ।

-निर्वाचन आयोगको टोलीले जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङ्घन भएको देखिएमा तुरुन्त रौक्न आदेश दिनेछ । तर, आयोगको आदेश पालना नगर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी नै रद्द समेत हुन सक्नेछ ।

-निर्वाचन आयोगसम्बन्धी कानुनमा भनिएको छ– कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ ।

-यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिनुपर्नेछ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice