आदेश नमानेपछि देउवाले दिए करणाकरलाई धम्की

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा टिकट वितरणलाई लिएर भएको विवाद मिलाउन चार दिनदेखि गृहजिल्ला डडेल्धुरा छन् । टिकट दिने आफ्नो निर्णयबिरुद्ध जाने कांग्रेसका कार्यबहाक जिल्ला सभापति करणाकर भट्टलाई मनाउन अझै सकेका छैनन् । आइतबार देउवाले भट्टलाई बोलाएका थिए । ‘जे भयो भइसक्यो, अब पार्टीलाई हराउने गरी तपाईले कुनै काम नगर्नुहोस’ भट्टलाई देउवाले भने ‘तपाइकै कारण पार्टीले हारयो भने मेरो समेत इज्जत जान्छ त्यसको तपाईले ख्याल गर्नु परयो ।’

जवाफमा भट्टले अन्य बेला पार्टीलाई गालीगलौज गर्दै हिड्ने ब्यक्तिलाई जिताउन नसकिने बताएका थिए । ‘आजीवन योगदान दिएका ब्यक्तिलाई पाखा लगाएर, जिल्लाबाट बाँड्नु पर्ने टिकट केन्द्रबाट बाँडेर गल्ति भएको छ,’ भट्टले देउवालाई जवाफ दिए ‘टिकट वितरणमा मतदाताको कदर भएन उनीहरुले मन्दैनन् ।’

बारम्वार सम्झाउँदा पनि नमानेपछि देउवा आक्रोसित भएका थिए । ‘तपाईलाई पनि नेता मैले नै बनाएको हुँ बिर्सिनु भयो’ देउवाले आक्रोसित हुँदै भने ‘यहाँ कांग्रेसले जित्छ, यदि हारयो भने तपाईलाई म कारवाही गर्छु ।’ देउवाको धम्किपछि भट्ट केही नवोली बाहिर निस्केका थिए । उनले कुनैपनि हालतमा बागि उम्मेद्धारलाई नै सहयोग गर्ने बताउन थालेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice