प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा कांग्रेस समर्थित पत्रकार बाहेक अरुलाई ‘नो इन्ट्री’

डडेल्धुरा । दिनभिर आफ्नै पार्टीका चुनावी सभामा ब्यस्त रहने प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मौन अवधिमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस निकट प्रेस युनियनसँग सम्बन्धित पत्रकारलाई मात्र बोलाएका छन् । प्रधानमन्त्रीले गर्ने पत्रकार सम्मेलन पत्रकार महासंघको ब्यानरमा हुने गर्दथ्यो । तर देउवाले प्रेस युनियनको ब्यानरमा पत्रकार सम्मेलन गर्दैछन भने प्रेस युनियन बाहेक अरु पत्रकारलाई सम्मेलनमा आउन रोक लगाएका छन् ।

‘पत्रकार सम्मेलनमा कांग्रेस समर्थित पत्रकारहरुलाई मात्र बोलाइएको छ’ कांग्रेसका एक जिल्ला नेताले भने ‘प्रेस युनियनको परिचय पत्र हेरेर मात्र पत्रकार सम्मेनलमा जाने दिने ब्यवस्था मिलाएका छौ ।’ नेपाल पत्रकार महासंघ डडेल्धुराले प्रेस युनियन बाहेक अरुलाई पत्रकार सम्मेलनमा नवोलाएको बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice