चुनावमा माओवादी रणनीतिः सम्भावित ठाउँमा साम, दाम, दण्ड, भेद

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एकैदिनमा पाँच सभामा भ्याउन थालेका छन् । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने फरक रणनीति लिएका छन् ।

दाहाल एकै दिन पाँच सभामा पुग्नु भन्दा नेकपा माओवादी केन्द्रका उम्मेद्धारहरु प्रतिस्पर्धामा भएका क्षेत्रमा मात्र पुग्ने गरेका छन् । जहाँ अन्य पार्टीसँग माओवादी केन्द्रको प्रतिस्पर्धा र जित्न सकिने सम्भावना छ त्यहाँ मात्र अध्यक्ष जाने कार्यक्रम तय गरिएको थियो, माओवादी केन्द्रका एक नेताले भने त्यही अनुसार प्रदेश नम्वर ५ र ७ मा बढि केन्द्रीत हुनु भएको हो ।

जहाँ माओवादी कम्जोर छ त्यहाँ दाहाल पुगेका छैनन् । जहाँ सम्भावना छ त्यहाँ मात्र पुगेका छन् । माओवादी नेतृत्वले सम्भावान भएका ठाउँमा मात्र आफ्नो शक्ति परिचालन गरेको छ । सम्भावना भएको ठाउँमा साम, दाम, दण्ड भेद अपनाउने नीति लिएको छ ।

लामो समय सरकारमा बसेको माओवादी केन्द्र आर्थिकरुपमा निकै बलियो अवस्थामा छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा निकै ठुलो आर्थिक परिचालन गरेको माओवादीले बर्दिया र दाडमा आर्थिक परिचालन गरिरहेको एमालेले सुचना पाएको छ । थारु समुदायमा बढि रकम परिचालन गरेको भन्दै एमालेले पनि चलाखी अपनाएको छ ।

आर्थिकरुपमा निकै सम्पन्न अवस्थामा पुगेका पूर्वअर्थमन्त्री बर्षमान पुन, कृष्णबहादुर महरा र जनार्दन शर्मा आफैले आर्थिक परिचालन गरिरहेका छन् । बाँकेका गाउँमा राति पुगेर गृहमन्त्री शर्माले आर्थिक परिचालन गरेको एमालेले आरोप लगाएको छ । उनी बाँकेका केही स्थानमा प्रहरी गस्तिसहित पुगेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice