तपाई सक्षम भएरै ससुराले छोरी दिए होलान् नी !

तपाईसँग तपाईकै ससुरा रेशम खत्री चुनावी मैदानमा हुनुहुन्छ । उहाँ तपाईका लागि मान्य हो । तर जनताका लागि तपाई सक्षम हो । तपाई सक्षम भएरै उहाँले छोरी दिनु भएको तथ्यबाट कोहलपुरबासी अनभिज्ञ पक्कै छैनन् ।

प्रिय भाई पूर्णप्रसाद आचार्य

अपूर्ण जिन्दगीको भरीपूर्व आशा लिएर म शहिदको छोरा भूमध्य सागरको पारिपट्टि छु । भौगलिकरुपमा हामीसँगै नभएपनि सुचना प्रविधि र मनमस्तिकका हिसावले सँगै छौ । यो समुन्द्रीक तटबाट भाईलाई अशिम माया र सफलताको अग्रिम शुभकामना ।

विपीको समाजवादी सिद्धान्तलाई पछ्याउँदै हामीले निकै लामो सहयात्रा गरयो । समयको खेल, म अहिले समुद्र पारीबाट विगतलाई सम्झदैछु भने भाई समाजबादी सिद्धान्तमा कटिबद्ध भएर कोहलपुर नगरपालिकामा जनताको अभिमत लिदै हुनुहुन्छ ।

भाई चुनाव जित्नु हार्नु राजनीति होइन । निमुखा जनताका पक्षमा उभिनु राजनीति हो । जनताका पक्षमा उभिने र आशलाग्दा युवा उम्मेद्धार नागरिकले पाए चुनाव पनि हराउँदैनन्, यो सामाजिक सत्य हो । तर राजनीतिमा आउने उतार चडावमा सतिसाल भएर उभिनु मेरो कामना यही छ ।

म तपाईलाई धेरै कुरा भन्नु भन्दा पनि केही कुरा स्मरण गराउँछु । क्रिप्स मिशन बिफल भएपछि ९ अगस्त १९४२ मा इष्ट इन्डिया कम्पनीबिरुद्ध महात्मा गान्धी, सरदारभाई पटेल, जयप्रकाश नारायण र सुवासचन्द्र बोसले चलो दिल्ली र भारत छोड आन्दोलनको घोषणा गरे । मेरिठदेखि दिल्लीसम्म भारत छोड आन्दोलन चलिरहेका बेला तत्कालिन इष्ट इन्डिया कम्पनीले ९४० जनाको हत्या गरयो भने १६३० जना घाइते भए । आन्दोलनकै क्रममा १८ सय डीआइआरमा नजर बन्द बन्द भए । समग्र भारत छोड आन्दोलनमा ६०२२९ गिरफ्तार भइरहेको बेला समुद्रीक तटमा रहेका भारतीय नौ सैनिकले इष्ट इन्डिया कम्पनी सरकारका बिरुद्ध बिद्रोह गरे । जसलाई भारतमा नौका विहार विद्रोहका रुपमा चिनिन्छ ।

भारत छोड आन्दोलनका पक्षमा वकालत गर्दै विद्रोह गरेका सैनिक तत्काल समुद्रमै नजरबन्द परे । त्यसको २१ औ दिनमा उनलाई मत्यु दण्ड दिने निर्णय तत्कालिन सरकारले गरयो । तर भारत छोड आन्दोलनका शिर्ष नेता गान्धी, सरदारभाई पटेल, जयप्रकाश नारायण कसैले पनि सैनिक मृत्यु दण्डको निर्णयको विरोध गरेनन् । सरकारी निर्णयका पक्षमै मौन समर्थन नै जनाए । नौ सैनिकलाई समुद्रमा डुवाएर मारियो ।

सन् १०४७ अगस्त २६ मा भारत स्वतन्त्र भइसकेपछि जयप्रकाश नारायणलाई पत्रकारहरुले प्रश्न गरे, ‘नौका विहार काण्डमा तपाईहरुले किन मौन सर्मथन जनाउनु भयो ?’ जवाफमा नारायणले भने सैनिकको उदेश्य ठिक भएपनि राजनीति र विधिका हिसावले गलत थियो । गलत कामलाई समर्थन गर्नु विधिलाई संस्थागत गर्नु हुन्थ्यो, त्यो कदमलाई हामीले स्वीकारेको भए सधैभरी भारतमा सैनिक विद्रोहको त्रास रही रहन्थ्यो ।

नारायणले भनेजस्तै भारतका छिमेकी देश पाकिस्तान, बंगलादेशमा सैनिक विद्रोह भएपनि भारतमा त्यसपछि कहिले सैनिक विद्रोह भएन । भारत छोड आन्दोलनका नेताहरुले क्षणिक राजनीतिक स्वार्थलाई हेरेका भए भारतमा सैनिक विद्रोहको संस्कार बस्थ्यो, त्यसको परिणाम हरेक पटकका सैनिक विद्रोहमा हजारौको ज्यान जान्थ्यो, र सैनिक विद्रोह पनि भइरहन्थ्यो ।

मैले यो प्रसंग यहाँ किन उठाएको भने राजनीतिमा सुझबुझ पूर्ण निर्णयले नागरिकलाई फाइदा हुन्छ भने सत्ता स्वार्थमा नागरिकको बलि चडाउने जल्लादहरु पराजित हुन्छन् । विपीको समाजबादी आन्दोलन ठिक थियो । तर माओवादी नामको पार्टीले जनाएको हिंसात्मक आन्दोलन आतंकवादी शैलीकै थियो । त्यही आतंकबादी अराजकताले मलाई टुहुरो बनायो । झण्डै तपाईलाई पनि । म सहिदको छोरा भएँ भने तपाई जिउँदो सहिदको छोरा हुनुभयो ।

शान्तिको ताकतमा भएको परिवर्तनले दिर्घकालिन शान्ति दिन्छ, हिंसाको बलमा भएको परिवर्तनले हिंसालाई सधैभरी संस्थागत गर्छ, जसको परिणाम हिंसाबाट भएका परिर्वतन दुनियाँमा कहिँ टिक्न सकेका छैनन् । तपाईको अगाडी पनि टिक्न सक्दैन । कोहलपुर वडा नं ८ बासीले हिंसा होइन, शान्तिका पक्षमा वकालत गर्नेलाई पक्कै भोट दिने छन् । नागरिकहरु दलका नेताभन्दा धेरै सुझबुझपूर्ण भइसकेका छन् ।

मेरो जानकारीमा आए अनुसार तपाईको लडाई आफ्नै परिवारमा छ । तपाईसँग तपाईकै ससुरा रेशम खत्री चुनावी मैदानमा हुनुहुन्छ । उहाँ तपाईका लागि मान्य हो । तर जनताका लागि तपाई सक्षम हो । तपाई सक्षम भएरै उहाँले छोरी दिनु भएको तथ्यबाट कोहलपुरबासी अनभिज्ञ पक्कै छैनन् ।

कांग्रेसका युवा नेता गगन थापा सक्षम भएर अजुर्ननरसिंह केसीले छोरी दिएका हुन् । तर पार्टीको महाधिबेशनमा सुसुरा ज्वाईले मैत्रिपूर्ण प्रतिस्पर्धा गरेको सवैलाई थाहा छ । तर उहाँहरुको मैत्रिपूर्ण प्रतिस्पर्धा थियो । तपाईले पनि त्यही मैत्रिपूर्ण प्रतिस्पर्धालाई पछ्याइरहनु भएको छ ।

सत्य र निष्ठबान भएर लाग्नेको जित निश्चित छ । सक्षमताको कदर संसारभरी हुन्छ र कोहलपुरको वडा नं ८ पनि हुनेछ । सक्षमताको फैलला १४ असारमा नागरिकले गर्दछन् त्यसको पर्खाई समुद्रको तटबाट मैले गरिरहेको छु । अग्रिम शुभकामना ।
राजिवनरसिंह केसी (अस्ट्रेलिया)

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice