विनयको जीवनको अर्काे एउटा ‘संयोग’ !

 

समयले कस्लाई कहाँबाट कहाँ पु¥याँउछ के थाहा ? त्यसैले त संसारमा सबैभन्दा शक्तिसाली मानिन्छ ‘समय’ । कुनै समय थियो पूर्व युवराज पारस शाहको चकचकी थियो । समयले उनलाई यसरी हुत्यायो उनी राजाको पुत्रबाट सर्वसाधरण नागरिकमा बलदिए ।

पूर्व युवराज पारस शाहको झै उच्च खानदान नभए पनि केही कमी थिएन विनयजंग बस्नेतको बाल्यकालमा पनि । महालेखा परिक्षकको कर्मचारी पिता सडक दुर्घटनामा परी बितेसँगै विनय कुलतको नशामा फस्दै गए । उनी यसरी कुलतमा डुबे कि सोही कारण श्रीमती र छोरीले छाडेर हिडेपछि हाल पूर्व युवराज पारस शाहकै नियति भोग्न पुगे । अर्थात नितान्त एक्लो । साथीहरुको संगतमा चोभारमा रहेको रिचमण्ड रिह्याव सेन्टरमा पुगे । तीन महिनाको बसाई पछि उनी आफू मात्र सुध्रिएनन् । अरुलाई पनि सुर्धान कम्मर कस्सेर लागे ।

यो बीचमा उनले ‘एक्सन फर सोसल चेन्ज’ नामक संस्था दर्ता गराए । ‘एक सोचले मानिसको जीवन परिवर्तन गर्छ,यी वेवारिसे भनिएकाहरुको अब हामी हुनुपर्छ’ भन्ने उदेश्य बोकेर संस्थाले हालसम्म एक सयभन्दा बढी वेवारिसेहरुको औषधोपचार गर्दै आएको छ । यो बीचमा विभिन्न अस्पतालमा रहेका ५० भन्दा बढी वेवारिसे लाशहरुको सदगत विनयकै संस्थाले गरेको छ ।

सो लाशको सदगद् गर्ने अर्थात वेवारिसेहरुको औषधोपचार गर्ने खर्च भने विनयले विभिन्न इष्टमित्र साथीसंगिसँग ऋण सापटी मागेर जुटाँउछन ।

हाल तिनै वेवारिसेहरुको उद्धारका लागि ललितपुरको लामाटार पुर्नजीवन केन्द्र खोल्नमा सक्रिय उनै विनय र पूर्व युवराज पारस शाहबीच संयोगले भेट भएको छ ।

उक्त भेटमा विनय र सो संस्थाको कामको खुलेरै उनले प्रंशशा गरेका छन । विनय भन्छन ‘पहिला देखि नै भेट्न मन थियोृ संयोगले भेटने अवसर जुर्यो । धेरै नबोल्ने लजालु स्वभावका र सदैव हासिरहने पूर्व युवराज शाहको पनि सामाजिक कर्ममा रुची रहेको पाए विनयले ।

दुव्र्यसनी रोक्नका लागि आफू पनि इच्छुक रहेको पारसले सुनाए ।

अहिले उनै विनय ललितपुरको लामाटारमा बेसाहराहरुको आश्रम सञ्चालन गर्दैछन । उक्त आश्रमका सल्लाहकार लालबहादुर मर्हजन र सञ्चालक रिकभरी नेपालका संस्थापक विजय कुमार पाण्डे लगायत छन । साढे २ रोपनी जग्गा,एक तल्ले घर भाडामा लिएर निर्मित उक्त आश्रममा सुरुमा २० जना वेवारिसेहरु राख्ने संस्थाको योजना रहेको विनयले सुनाए । क्षमता पछाडि विस्तार गर्दै लैजाने संस्थाको योजना छ ।

आश्रमलाई महालक्ष्मी नगरपालिकाको मेयर रामेश्वर श्रेष्ठ,लपु महानगरपालिकाको मेयर चिरिबाबु मर्हजन लगायतको समर्थन छ ।

विशुद्ध सामाजिक कर्ममा उहाँहरुबाट सदैव साथ र सहयोगको आश संस्थाले राखेको छ ।

सबै सामाजिक कार्यमा एकज्ुट भएर लागेको खण्डमा समाज परिवर्तन सम्भव हुने विनयको ठहर छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice