अख्तियारको ‘मोस्ट वाण्डेट’को सूचीमा परे यी दुई भाई

 

२१ अर्व करमा तर मार्ने प्रकरणमा चुणामणि शर्मासँगै अख्तियारको अनुसन्धानको दायरामा परेका लूम्वध्वज महत र उमेश ढकाललाई अख्तियारले मोष्ट वाण्डेटको सूचीमा राखेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई फरार सूचीमा राख्दै उनीहरुबारे सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ।

बिहिवार गोरखापत्र दैनिकमा सार्वजानिक सूचना प्रकाशन गर्दै आयोगले बोलाएको समयमा बयान दिन नगएपछि कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउको सार्वजनिक सूचना प्रकाशित गरी यी दुई व्यक्तिको बारेमा जानकारी दिने जो कोही व्यक्तिलाई पुरस्कृत गर्ने अख्तियारले जनाएको छ ।

महत र ढकाललाई भेट्ने जो कोहीले अख्तियारको हटलाइन १०७ नम्बरमा फोन गरिदिए या नजिकको प्रहरी कार्यालयमा बुझाए उचित पुरस्कार दिने जनाएको हो।

२१ अर्व करमा तर मार्ने कार्यमा चुणामणी शर्मासँगै यी दुई व्यक्तिको समेत संग्लग्नता रहेको अख्तियारको अनुसन्धानबाट खुल्न आएको छ ।अ योगले उनीहरुलाई वयानका लागि उपस्थित हुन अख्तियारले दुई साता अघिनै पत्र पठाएको थियो। तर, उनीहरु वयान दिन नगइ फरार भएका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice