एमालेले ल्यायो कांग्रेस माओवादीलाई टक्कर दिने नयाँ गीत (भिडियो सहित )

देवी हमाल, बद्री पंगेनी, राज सागर लगायतका थुप्रै गायक गायिकाले विभिन्न पार्टीको गीत गाएका छन् । त्यसैगरी दोश्रो चरणको चुनावको लागी भनेर यति वेला पार्टीसंग आस्था राख्ने कलाकारहरुले गीत संगीतलाई जनतामाझ ल्याउने क्रममा पनि तिव्रता आईरहेको छ । मोती राज खनाल र मञ्जु गुरुङको स्वरमा हालै मात्रै एमालेको चुनावी अभियानका लागी भनेर नयाँ नेपाल निर्माण अव एमालेले गर्छ वोलको गीतलाई जनता सामु लिएर आएका छन् । जसको शव्द संगीत मोती राज खनाल स्वंयमले नै गरेका छन् ।

१० मिनेट लामो गीत लोक लयमा आधारित रहेको छ । जसको भिडियो पनि हालसालै सार्वजानिक गरिएको निर्माण पक्षले जानकारी गराएको छ । उक्त भिडियोलाई रुपेश थिङले निर्देशन गरेका छन् भने समिर लामा, उमेश श्रेष्ठ, मुकुन्द भुषाल, नरहरि घिमिरे लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

नयाँ नेपाल निर्माण अव एमालेले गर्दछ
हिमाल पहाड तराईका गाँउ देखि शहर
एमालेले फेर्छ अब यो देशको मुहार

जनगायक मोतिराज खनालले यस अगाडि ६ वटा एल्वम निकालिसकेका छन । उनका सबै एल्वम चर्चित छन । शव्द तथा लय मोतीराज खनाल,स्वर मोतीराज खनाल र मञ्जु गुरुङको रहेको छ भने जस्को एरेञ्ज कमल सौरागले गरेका छन । जस्को निर्देशक रुपक थिङ र छायाकार डिगम्बर राजवंशी रहेका छन । उक्त भिडियोमा अभिनय समीर लामा ,राजाराम भण्डारी,मुकुन्द भुषाल लगायतको रहेको छ । जुन भिडियोको विमोचन केही दिन अगाडि तनहुँ काठमाडौं सम्र्पक मञ्चको कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गरेका हुन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice