नारी शक्तिको उत्थान र विकास गर्नु छ

पुष्प संजेल


देशले १० वर्षे लामो जनयुद्धबाट मुक्ति पायो।राजसंस्था हट्यो र लोकतन्त्र स्थापना भयो।पहिलो पटक संविधानसभाको चुनाव भयो।लामो संघर्ष गरेरै भए पनि नेपालको संविधान घोषणा भयो।सबै कुरामा परिवर्तन भयो, बिकासका सुनौला किरणहरु छरिए,जताततै मानिसहरुमा चेतना फैलियो।तर दु:ख साथ भनिरहनु परेको छ ,सबै कुरामा परिवर्तन आयो तर महिलालाई समाजले हेर्ने हेराइ,महिलाका बारेमा समाजले सोच्ने सोचमा अहिले सम्म नि परिवर्तन आउन सकेन।
नारी यो संसारको उज्यालो देख्नै नपाई कोखमै मारिन्छन।म जस्ता पुरुषहरुलाई पढ्न पठाउने अनि नारीहरुलाई दाउरा,घाँस,गोठालो,घरको धन्दा र जुठा भाडा माझ्न लगाइन्छ।नारीलाई कलिलै जीवनको बारेमा भरखरै बुझ्ने बेला नै नभई बिवाहा गराइन्छ।अनि दाइजो नल्याएको निउमा जिउँदै जलाइन्छ,यातना दिइन्छ पसुलाई जस्तै दु:ख,कष्ट अनि पीडा दिइन्छ।अनि ती नारी नै हुन् जसलाई पुरुषहरूको जमातबाट बलत्कृत बनाइन्छ,इज्जत लुटिन्छ र एउटा नारी मार्फत सबै नारीको अस्तित्वमा दाग लगाइन्छ।नारीले नारीलाई नै बेच्ने काम गरिन्छ पसु बेचे सरि।
दु:ख त त्यतिबेला लाग्छ, जति बेला बाहिरी संसारमा महिला उन्मुक्ति,महिला ससक्तिकरणको लागि ठुला ठुला मन छुने भासण छोड्नेहरु,भित्र आफ्नै घरमा महिलालाई सोसण गरिरहेका हुन्छन् । पीडा त त्यति बेला पुग्छ जति बेला एउटि नारीलाई बोक्सीको आरोपमा समाजमा अपहेलित गरिन्छ,प्रकट नै गर्न न सकिने यातना दिइन्छ।अनि घाउ त त्यति बेला लाग्छ जति बेला समाचारमा आफ्नै पिताबाट आफ्नै छोरीलाई यौन सोसण गरियो रे भन्ने लज्जास्पद घट्ना सुनिन्छ। अनि त्यो लागेको मनको घाउ त्यति बेला चर्याउछ जति बेला घरमा छोरी जन्मियो रे भनेर छोरी जन्माउने आमा र सानो बच्चा दुबैलाई अनेक झेल्नै न सकिने कष्टपुर्ण यातना दिएर घरबाट निकालिन्छ।हो यस्तै छ हाम्रो समाज ।यो यस्तै छ हाम्रो पुरुषवादी समाज।
हो मलाई नारी बन्नु छ।नारी बनेर नारीको आवाज बन्नु छ,नारीको प्रेरणाको श्रोत बन्नु छ।नारी माथी हुने अन्याय,अत्याचार र उत्पीड्न विरुद्ध लड्नु छ।मलाई नारी बनेर नारीलाई बलात्कार गर्न्रलाई जिन्दगीभरी नभुल्ने चोअत दिनु छ।नारीको अस्तित्व लुट्ने ,नारीको इज्जत लुट्ने,नारीको अस्मिता माथी दाग लगाउनेलाई पसुजस्तै व्यवहार गर्नु छ र समाजबाट निष्कासन गर्नु छ। नारी माथी गिद्धे नजर लगाउनेको आँखा निकाल्नु छ।नारी विरुद्ध बोल्नेको आवाज बन्द गर्नु छ।नारीलाई दाइजो नल्याएको निउमा जिउँदै जलाउनेलाई फाँसीमा चढाउनु छ र नारी बनेर दाउरा,घाँस कुटो कोदालो र घरायसी काममा मात्रै सिमित नारीलाई खुला संसार देखाउनु छ र कुटो कोदालो र हसिया समाउने हातले कापीका पानामा अक्षर लेख्ने बनाउनु छ।
हो, मलाई नारी बन्नु छ र नारी बनेर सीताको जस्तै शील,स्वभाव र आदर्श गुणहरु संसारमा फैलाउनु छ।पासाङ जस्तै साहसी र पौरखी बन्नु छ र सगरमाथा जस्तै उच्च शिर राख्न सबैलाई प्रेरणा दिनु छ।अनुराधा कोइराला र पुष्पा बन्नु छ र समाजका पिछडिएका र अभाव, अन्न्याय र दु:खमा बाचिरहेकाहरुको सेवा गर्नु छ।पारिजात जस्तै साहित्य मार्फत देश बनाउने कथाहरु लेख्नु छ,देश परिवर्तन गर्ने समाज परिवर्तन गर्ने उपन्यासहरु लेख्नु छ र नारीका पक्षमा आवाज उठाउने कविताहरु लेख्नु छ।
नारी आमा हुन् ,नारी सस्ट्रा हुन् ।नौ महिना सम्म कोखमा राखेर अनेकौं दु:ख ,कष्ट ,अनि पीडा खप्ने नारीलाई सम्मान गर्न सिकौं।एउटी नारी,एउटी महिलामाथी गिद्दे नजर लगाउनु भन्दा पहिला,नारीको इज्जत माथी खेलबाड गर्नु भन्दा पहिला, नारीकोअस्तित्व,अस्मितामा दाग लगाउनु भन्दा पहिला आफ्नी आमाको बारेमा सोचौं । आफ्नो सोच आफैं बदलौ।नारीको ठाउँमा आफू बसेर हेरौं ।बल्ल देखिन्छ यो संसार भित्र लुकेको अन्धकार !

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice