खुमबहादुरलाई चुनौति दिन भाईले दिए बागी उम्मेद्धारी

दाङ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले धोका दिएको भन्दै कांग्रेसकै आधिकारिक उम्मेद्धारबिरुद्ध डिल्लीबहादुर खड्काले उम्मेद्धारी दर्ता गराएका छन् । लमही नगरपालिकाको मेयर पदमा खुमबहादुर कै नातेदार डिल्ली ओलीले कांग्रेसका उम्मेद्धारबिरुद्ध बागी उम्मेद्धारी दर्ता गराएका छन् । खुमबहादुरको मतदान केन्द्र र डिल्लीको मतदान केन्द्र एउटै हो । उनी नेपाली कांग्रेसको तर्फबाट पूर्व गाविस अध्यक्ष समेत हुन् ।

खुमबहादुरले आफुलाई टिकट दिलाउने आश्वास दिएको तर पछि अर्केलाई टिकट दिएको भन्दै डिल्लीले मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट जोगराज चौधरी र उपप्रमुखमा देवका बेलबासे उम्मेद्धार छन् । त्यसैगरी दाङकै गढवा गाउँपालिकामा पनि कांग्रेसबाट बागी उम्मेद्धारी परेको छ । डिल्ली आचार्यले बागी उम्मेद्धारी दर्ता गराएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice