३ प्रदेशका ३ सय ६४ स्थानमा आज उम्मेद्धारी, १५ हजार उम्मेद्धार चुनावी मैदानमा

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आज तीन प्रदेशको ३ सय ३४ स्थानमा उम्मेद्धारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले विहान ८ बजेदेखि साँझ ४ बजेसम्म उम्मेद्धारी दर्ताको समय निर्धारण गरेको छ । पहिलो चरणमा प्रदेश नम्वर ३, ४ र ६ नम्वर प्रदेशमा निर्वाचन सम्पन्न भइसकेको छ भने आज प्रदेश नम्वर १, ५ र ७ नम्वर प्रदेशमा मनोनयन हुन लागेको हो ।

दोस्रो चरण अन्तर्गत आज एक महानगरपालिका ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका २ सय १५ गाउँपालिकामा उम्मेद्धारी दर्ता हुन लागेको छ । कतिपय स्थानमा दलहरुबीच चुनावी तालमेल समेत भएको छ । विराटनगर महानगरपालिकामा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल भएको छ भने कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । त्यसैगरी बुटवल उपमहानगरपालिका कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ भने एमाले एक्लै मैदानमा उत्रेको छ ।

दोस्रो चरणमा ६४ लाख ३२ हजार ७ सय ३५ मतदाताले निर्वाचनमा भाग लिने भएका छन् । ३ सय ३४ स्थानमा हुने स्थानीय तहमा १५ हजार ३८ प्रतिनिधिले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेका छन् भने ६६ हजार ९ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

निर्वाचनको सम्पूर्ण तयारी भइसकेको २ नम्वर प्रदेशमा सरकारले २ असोजका लागि निर्वाचन सारेको छ । तर सरकारले जुन उदेश्यका साथ निर्वाचन सारेको थियो, त्यो भने पुरा हुन सकेन । आन्दोलनमा रहेको राष्टिय जनता पार्टीलाई निर्वाचनमा सहभागि गराउने उदेश्य राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्वर २ को निर्वाचन सारेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice