अलमलमा हुनुहुन्छ ? यसरी हेर्नुहोस ग्रेडिङ

सरकारले पहिलो पटक एसईई परीक्षा लागू गरि जिपिए सिष्टम मार्फत ग्रेडिङ लागू गरेको छ । जसबाट पहिला जस्तो श्रेणी छुट्याउन अभिभावक तथा विद्यार्थीहरु अलमलमा परेको देखिएको छ । पहलिा ६० प्रतिशत भन्दा बढी अंक हासिल गरेको खण्डमा ए डिभिजन ,४५ भन्दा बढी अंक हासिल गरेको खण्डमा बि र ३२ भन्दा माथि अंक हासिल गरेमा सी श्रेणीमा उत्र्तीण भएको मानिन्थ्यो । त्यसलाई वैज्ञानिक ढंगले सुधार गरि गे्रडिङको व्यवस्था गरेपछि विद्यार्थी तथा अभिभावकमा अन्योलता कायमै छ ।

यस पटक भने ९ तहमा नतिजालाई बर्गिकरण गरिएको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार ९० र सोभन्दा माथि ए प्लस अति उत्तम ४ ० जिपिए भनिएको छ । त्यस्तै,८० र सोभन्दा माथि ९० भन्दा कम ‘ए’ उत्तम ३ दशमलव ६ जिपिए निर्धारुण गरिएको छ । ७० र सोभन्दा माथि ८० भन्दा कम ‘बीं प्लस धेरै राम्रो ३ दशमलव २ जिपिए,६० र सोभन्दा माथि ७० भन्दा कम ‘बी’ राम्रो २ दशमलव ८ जिपिए मानिएको छ । ५० र सोभन्दा माथि ६० भन्दा कम ‘सीं प्लस सन्तोषजनक र जस्को जिपिए २दशमलव ४ भनिएको छ । यस्तै,४० र सोभन्दा माथि ५० भन्दा कम ‘सी’ स्वीकार्य २ जिपिए निर्धारुण गरिएको छ । ३० र सोभन्दा माथि ४० भन्दा कम ‘डीं प्लस आंशिक स्वीकार्य १दशमलव ६ जिपिए मानिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice